साप्ताहिक संवाददाता
अभिनेता पुष्प खड्का र पछिल्लो समयकी हटकेक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘मारुनी’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । साम्राज्ञी करिब एकबर्ष पछि हलमा आउन लागेकी हुन् ।
गतबर्षको असोजमा उनको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शन भएको थियो । पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमको लगानीमा निर्माण भएको चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् ।
चलचित्रको फस्टलुक पोष्टरमा मुख्य कलाकार अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई स्थान दिइएको छ । पोष्टरमा पुष्प र साम्राज्ञीलाई प्रेम जोडीको रुपमा प्रस्तुत गरिएको वुझ्न सकिन्छ ।
संजय लामाले छायाँकन गरेको चलचित्रमा अर्जुन पोखरेल, दीपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत रहेको छ । चलचित्रमा डेव्यु अभिनेत्री रेविका गुरुङको पनि मुख्य भूमिका रहेको छ ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘मारुनी’लाई आफ्नो करिअरकै महत्वकांक्षी चलचित्र रहेको बताइन् । आजसम्म आफुले यस्तो किसिमको भूमिकामा काम नगरेको उनको भनाई छ ।