साप्ताहिक संवाददाता
जेष्ठ २१, २०७६
अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले चलचित्र निर्देशन गर्ने भएका छन् । चलचित्र ‘पानीफोटो’मार्फत खगेन्द्र चलचिक्र निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।
यसै साता काठमाडौंमा एक कार्यत्रमको आयोजना गर्दै उनले चलचित्र ‘पानीफोटो’ आफूले निर्देशन गर्न लागेको जानकारी दिए । नाटक भने उनले निर्देशन गरिसकेका छन् ।
‘पानीफोटो’ खगेन्द्रले नै लेखेर निर्देशन गरेको नाटक हो । त्यही नाटकलाई उनले चलचित्र बनाउन लागेका हुन् ।
भदौबाट छायांकनमा जाने यो चलचित्रमा खगेन्द्रसँगै सुनिल पोखरेल, निशा शर्मा, मेनुका प्रधान, प्रकाश घिमिरे, अनुप बराल, माओत्से गुरुङ लगयात कलाकारको अभिनय गर्ने छन् ।
चलचित्र ‘पानीफोटो’ ले १५ वर्ष अगाडि बेपत्ता भएको छोराको पखाईमा बसेका बुबा–आमाको कथा भन्ने छ ।