साप्ताहिक संवाददाता
नेपाली चलचित्र फ्लप हुनुको कारण स्क्रिप्ट दमदार नहुनु धेरैले कारण मान्दै आएका छन् । यसै सन्र्दभमा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले चलचित्रको स्क्रिप्ट लेखन कार्यशाला आयोजना गर्ने भएको छ ।
आउँदो अगस्ट २१ देखि २७ सम्म मकवानपुरको इन्द्रसरोवर, कुन्साल र चित्लाङ मध्ये कुनै एक ठाउँमा स्क्रिप्ट लेखन कार्यशाला गरिने कार्यक्रम संयोजक केपी पाठकले जानकारी दिए । कार्यशालामा ६० जना भन्दा बढि व्यक्ती सहभागी हुन सक्ने उनले बताए ।
हलिउड, बलिउड र चाइनिज चलचित्र लेखकको उपस्थितिमा आयोजना हुने कार्यशालामा सहभागी हुन नेपालीले १० हजार र विदेशीले १ सय ५० डलर शुल्क तिर्नुपर्नेछ ।
कार्यशालामा सहभागीमध्ये एकको स्क्रिप्टलाई लघु सिनेमा निर्माणको लागि प्रतिष्ठानले एक लाख नगद प्रदान गर्ने संयोजक पाठकले बताए । यसरि निर्माण भएको सिनेमालाई नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव (निफ)को तेश्रो संस्करणमा सहभागी गराइनेछ ।