साप्ताहिक संवाददाता
यो बर्षको अन्तिममा अर्थात चैत २८ देखि प्रदर्शन हुने चलचित्र ‘प्रेमगीत ३’ मा दुई बरिष्ठ कलाकार सुनील थापा र शिव श्रेष्ठले का मगर्ने भएका छन् । उनिहरुसँग निर्माण टिमले आज कागजी सम्झौता गरेको छ ।
केहि दिनअघि नव–नायक मनिष राउतले मुख्य भुमिकाका लागि चलचित्रमा इन्ट्रि गरेको केहि दिनमै चलचित्र भित्रको शशक्त भुमिकाका लागी यि दुई पुराना कलाकार लाई आबद्ध गराइएको हो ।
दुई अग्रज तथा लोकप्रिय कलाकार चलचित्रमा आवद्ध भएसँगै चलचित्रको क्वालिटी थप बलियो हुने निर्माण टिमले आशा गरेको छ ।
नेपालकै पहिलो एक्सन अभिनेता शिव श्रेष्ठलाई बुबाको भुमिका र राते काइँला नामले चिनिएका थापालाई अर्को विशेष भुमिकामा देख्न सकिनेछ । यो पात्रमा शिव श्रेष्ठलाई धेरै पछि नेपाली दर्शकले पुरानै ‘एग्रि’ को रुपमा देख्न सक्नेछन् । यसअघि अभिनेताद्धय श्रेष्ठ र थापा ‘चिनो’ र ‘ठुल्दाई’ जस्ता सुपरहिट चलचित्रमा सँगै काम गरेका थिए ।
चलचित्रमा यसअघि नवनायक मनिष राउत, स्वयं निर्माता तथा निर्देशक सन्तोष सेन, प्रेम पुरी, पुष्कर कार्की फाइनल भएका थिए । चलचित्रको मुख्य अभिनेता र मुख्य अभिनेत्री भने अहिलेसम्म फाइनल गरिएको छैन । गीत पात्र अडिसन मार्फत छान्ने काम भैरहेको छ । चलचित्रलाई छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्नेछन् ।
चलचित्रलाई विजय चाम्लिङ्ग र स्वयमं निर्देशक सन्तोष सेन मिलेर निर्माण गर्नेछन् । निर्माण टिम दशैको छेको पारेर छायाँकनमा जाने जनाइएको छ ।