साप्ताहिक संवाददाता
अभिनेता आर्यन सिग्देल छोराको बुवा भएको धेरै भएको छैन । यद्यपि, बुवा भएदेखि उनको अभिनय करियरमा नयाँ रौनक थपिएको छ । बुवा बन्नु भन्दा केही महिनाअघि छायांकन सम्पन्न भएको विकास आचार्यको चलचित्र हजार जुनी सम्मलाई आर्यनको गतिलो कमब्याकका रूपमा हेरिएको छ ।
यो चलचित्र साउनमा सार्वजनिक हुँदैछ । बुवा बनिसकेपछि उनलाई निर्देशक साम्तेन भुटियाले चलचित्र ‘च च हुई’ मा अभिनय गराइरहेका छन् । यो चलचित्रको छायांकन बैंककमा भैरहेको छ । निर्देशक दीवाकर भट्टराईले पनि आर्यनलाई नै लिएर एउटा रोमान्टिक चलचित्र निर्माण गर्ने योजना बनाइरहेका छन् ।
निर्देशक अमरदिप सापकोटाले पनि आर्यनलाई एउटा राम्रो चलचित्रका लागि प्रस्ताव राखिसकेका छन् । एक–पछि अर्को गर्दै राम्रो ब्यानरका राम्रा चलचित्रबाट प्रस्ताव आए पनि आर्यनले अहिले संयमतापूर्वक चलचित्र छनौट गर्न थालेका छन् अर्थात बुवा बनेपछि जिम्मेवारी बढ्छ भने झैं आर्यनले अभिनय करियरमा पनि जिम्मेवारी बढेको संकेत दिएका छन् ।