साप्ताहिक संवाददाता
कतिपय स्कुल, कलेज वा अफिसका कम्प्युटरमा सोसियल नेटवोर्किङ साइट निषेधित गरिएको हुन्छ । तैपनि वेबसाइटको आईपी एड्रेसको सहयोगले केही वेबसाइट कम्प्युटरमा अनब्लक गर्न सकिन्छ । प्रायःजसो वेबसाइट ब्लक गर्न उक्त वेबसाइटको युआरएल प्रयोग गरिन्छ ।
यस्तो अवस्थामा त्यस्ताखालका वेबसाइटहरू खोल्न उक्त वेबसाइटको आई पी ऐड्रेस प्रयोग गर्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले कम्प्युटरको स्टार्ट मेनुमा गएर ‘रन’ सेलेक्ट गर्नुपर्छ । त्यसफछि रन कमान्ड बक्समा ‘अम’ टाइप गरी इन्टर थिच्नुपर्छ ।
त्यसपछि कम्प्युटर स्क्रिनमा कालो रङको कमान्ड विन्डो खुल्छ । त्यसपछि कमान्ड विन्डोमा आफूले खोल्न चाहेको वेबसाइटको एड्रेस टाइप गर्नुपर्छ । ध्यान दिनुपर्ने कुरा के छ भने खोल्न चाहेको वेबसाइटको अगाडि …cmdÚ टाइप गर्नुपर्छ । उदाहरणका लागि ‘पिंग फेसबुक.कम’ यो तरिकाले टाइप गरिसकेपछि इन्टर बटन थिच्नुपर्छ ।
पिंग कमान्ड टाइप गरेर इन्टर थिच्नेबित्तिकै कम्प्युटर स्क्रिनमा उक्त वेबसाइटको आईपी एड्रेस देखिन थाल्छ, जुन 173 .194 .35 .114 जस्ता फर्म्याटमा हुन्छ तर त्यहाँ देखिने अंकहरू फरक–फरक हुन सक्छन् । त्यसपछि माथि दिइए जस्तै आई पी एड्रेसको फर्म्याटलाई आफ्नो कम्प्युटरको ब्राउजर खोलेर एड्रेस बारमा टाइप गरेर इन्टर बटन थिचेपछि वेबसाइट खुल्न सक्छ ।