साप्ताहिक संवाददाता
स्टाटस : पत्रकार दुई ध्रुवमा, कलाकार दुई ध्रुवमा । कोही अभिव्यक्ति स्वतन्तत्रामा त कोही मानहानिमा । समग्रमा हाम्रै क्षेत्रलाई हानि । दुवैतर्फ अतिवादी हाबी । चिन्ताको विषय ।
बल्ल बल्ल उँभो लागेको कलिउड केही कलाकर्मीको ध्वाँस, घमन्ड तथा केटाकेटीपनका कारणले दर्शक तथा शुभचिन्तकहरूमा नकारात्मक असर परिरहेको छ ।
राज गुरुङ
अभिव्यक्ति स्वतन्त्रताको नाममा उग्ररूप देखाउनेहरूलाई दुनियाँको कुनै पनि देशले छुट दिएको छैन । दुर्भाग्य हाम्रो देशमा यस्ता कुरामा पनि हामी विभाजित छौँ ।
के.बी. थापा
नेपालीहरू सही वा गलत के हो नबुझी सपोर्ट गर्छन । कि त आफन्ततिरबाट कि त आफूलाई जो मनपर्छ उसैका तर्फबाट । हामी नेपाली बुद्धी नभए पनि दुई–चार गाली गरेर ओभर स्मार्ट बन्न खोज्छौँ ।
खिम
अझिव्यक्ति स्वतन्त्रतालाई ढाल बनाएर कुनै संस्था वा व्यत्तिको चरित्र हरण गर्नु निन्दनीय कार्य हो । एकचोटीलाई गल्ती नदोहोर्याउने सर्तमा सचेत गराउनु ठीक हो तर एक हप्तादेखि थुनामा राख्नुचाहिँ ठीक भएन ।
सागर पन्थ
आहा !! एकदम राम्रो, सबैलाई समेटिएको, अत्यन्त सार्थक, मन छुने अनि सार्है उत्कृष्ट पोष्ट । यति भने पछि सुरक्षित भइयो ।
सागर दाहाल
तेस्रो पटक छक्का पञ्जा कसरी चलाउने त्यसतर्फ ध्यान दिऊँ दाइ, अरु कुरा मतलब भएन ।
गणेश जोशी
यसले ठूलो पाठ सिकाएको छ, युट्युबरे साथीहरूलाई । वाक स्वतन्त्रताको नाममा मनपरी कदापि स्वीकार्य छैन । कानुनभन्दा माथि कोही हुनु हुँदैन । अब जे गर्छ अदालतले गर्छ ।
नेल्सन घलान
अरु केही होइन दीपकजी, खल्तीमा बुम र झोलामा क्यामेरा बोकेर लाईक, कमेन्ट र सब्स्क्राइब बटुल्ने चक्करमा पत्रकार भनि टोपल्नेहरूलाई नियन्त्रण गर्नु जरुरी छ । भाइरल बनाउने र ट्रेन्डिङमा पर्ने चक्करमा जे पनि बोल्या छन्, जे पनि गर्या छन् । समग्रमा सबैजनाले आफ्नो कर्म, धर्म र मर्म बुझेर मर्यादामा बस्न सक्नुपर्छ ।
संगीन थाडे
त्यसै त नेपाली फिल्मको स्थिति लाजलाग्दो छ, अझ चलचित्रकर्मीको कामले समग्र नेपाली चलचित्र उद्योग नै धराशायी हुने मार्गमा उन्मुख छ । कसका लागि चलचित्र बनाउने अब ?
प्रकाश तिमिल्सिना