साप्ताहिक संवाददाता
असार १८, २०७६
विश्वभर मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ । इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार सन् २०१९ को पहिलो ३ महिनामा विश्वभर मोबाइल फोन प्रयोगकर्ताको संख्या ४ करोड ४० लाखले वृद्धि भएको छ ।
एक वर्षको अवधिमा सबैभन्दा बढी मोबाइल फोन प्रयोगकर्ता चीनमा (३ करोड) थपिएका छन् । त्यसैगरी नाइजेरियामा ५० लाख तथा फिलिपिन्समा ४० लाख प्रयोगकर्ता थपिएका छन् । पछिल्लो एक वर्षमा मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्यामा १५ प्रतिशतले वृद्धि भै ६ अर्ब पुगेको छ ।
यो कुल मोबाइल प्रयोगकर्ताको ७६ प्रतिशत हो । संसारभरका मोबाइल प्रयोगकर्तामध्ये ६० प्रतिशतले स्मार्टफोन चलाउँछन् । पछिल्लो एक वर्षमा विश्वमा मोबाइलमा डाटामार्फत इन्टरनेटको ट्राफिकमा ८२ प्रतिशतले वृद्धि भएको पनि उक्त रिपोर्टले देखाएको छ ।