यस्तो पो उपहार 

- साप्ताहिक संवाददाता

असार १८, २०७६

चलचित्र दाल भात तरकारीकी एक अभिनेत्री हुन्— आँचल शर्मा । प्रदर्शनको ५१ औं दिन पूरा गरेको अवसर पारेर चलचित्रले आइतबार ललितपुरमा एउटा रमाइलो कार्यक्रम सम्पन्न गर्‍यो । समारोहमा चलचित्रसँग सम्बन्धित कलाकार तथा प्राविधिकहरूलाई बोनससमेत बाँडिएको थियो ।

त्यसक्रममा अभिनेत्री शर्माले भने एउटा विशेष उपहार प्राप्त गरिन् । चलचित्रका प्रस्तुतकर्ता किरण केसीले शर्मालाई सोच्दै नसोचेको उपहार प्रदान गरे । समारोह चलिरहेका बेला ड्यासमा पुगेर केसीले अभिनेत्री शर्मालाई ‘सरप्राइज’ दिन चाहे ।

झोलाबाट एउटा ब्रान्ड न्यू मोबाइल निकाल्दै केसीले भने— ‘यो विशेष उपहार आँचल शर्मालाई ।’ अभिनेत्री शर्मा पनि आईफोनको लेटेस्ट भर्सन उपहार पाएकोमा दंग देखिइन् । हरिवंश आचार्यदेखि निरुता सिंहसम्मका कलाकारले अभिनय गरेको उक्त चलचित्रका लागि शर्माले मात्र किन महँगो उपहार पाइन् ? समारोहमा उपस्थितहरूले खासखुस समेत गरे । 

प्रकाशित :असार १८, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्