साप्ताहिक संवाददाता
असार २४, २०७६
अभिनेत्री मरिष्का पोखरेल अचेल चलचित्रको मुख्य भूमिकाको साटो चलचित्रका प्रमोशनल गीतमा नृत्य गर्ने काममा व्यस्त हुन थालेकी छिन् । म्युजिक भिडियोमा पनि उत्तिकै व्यस्त यी अभिनेत्री पछिल्लो साता पोखरामा भेटिइन् ।
चलचित्र द डार्क एन्ड लाइटको एउटा प्रमोशल गीतमा कम्मर मर्काउन उनी पोखरा पुगेकी थिइन् । चलचित्रको ‘राधा कृष्ण...’ गीतमा मरिष्काले कोरियोग्राफर कमल राईको निर्देशनमा कम्मर मर्काएकी छिन् । सरस्वती भुजेल तथा डेविड शंकरको पार्श्व गायनको उक्त गीतको रचनाकार राजेन्द्र थापा हुन् भने त्यसमा दीपक शर्माले संगीत दिएका छन् ।
यो चलचित्रमा मरिष्कासँगै चलचित्रका अभिनेता पिटर खालिङ तथा अभिनेत्री सरस्वती भुजेलले समेत नृत्य गरेका छन् ।