साप्ताहिक संवाददाता
रुप पोखरेल र आरोही सिंह स्टारर चलचित्र 'गीत गजल' को अफिसियल पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । नीतिन चन्द निर्देशित दोस्रो चलचित्र ‘गीत गजल’ आगामी असोज २४ गतेबाट नेपाल भर प्रदर्शन हुनेछ ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंहलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय अभिनय देख्न सकिनेछ । यो चलचत्रिको एक गीतको छायाँकन भारतको गोवामा गरिएको छ ।
सिनेमामा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । यो चलचित्रबाटबाट रुप पोखरेल र आरोही सिंहले डेव्यु गर्दैछन् । चलचित्रको पहिलो गीत यही शुक्रबार रिलिज हुँदैछ ।