
साप्ताहिक संवाददाता

श्रावन १७ गते रिलिज हुने कमेडी जनराको चलचित्र ‘न यता न उता’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । विशारद बस्नेत र मिराज रोष निर्देशित सिनेमाको पोस्टरमा लगभग सबै कलाकार अटाएका छन् ।
लन्डनबाट नेपाल पुगेका दुई अर्धबैंशे नेपालीले बिहेको लागि गर्ने संघर्ष यो चलचित्रको मुल कथा हो । समीर दिक्षित, ऋचा शर्मा, छुल्ठिम गुरुङ र मिराज रोषले मुख्य भूमिका निर्वाह गरेको चलचित्रमा बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय छ ।
मिराज रोषको कथा तथा पटकथा रहेको चलचित्रमा अभिमन्य निरवीको संवाद छ । रीना लामा कार्यकारी निर्माता रहेको सिनेमामा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्यले लगानी गरेका छन् ।
अरोन अशोक कुमारले खिचेको सिनेमामा विपिन मल्लको सम्पादन छ ।