साप्ताहिक संवाददाता
एउटा पनि चलचित्रमा काम नगरेका मनिष राउत चलचित्र ‘प्रेम गीत ३’ मा छानिएपछि चर्चामा छन् । उनको लुक्सले दर्शकको ध्यान तानेको छ । आगामी चैत २८ मा प्रदर्शन हुने चलचित्रका लागी उनले अहिले वर्कशप गरिरहेका छन् ।
यसैबीच मनिष राउतलाई एक क्लोथिङ्ग ब्राण्डले आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ‘डक्टर डेनिम’ नामक उक्त ब्राण्डले आगामी भदौदेखि बिक्रि शुरु गर्ने र राउतलाई एम्वेसडरका रुपमा छानिएको ब्राण्डका सुमन गौतमले बताए ।
नेपाल तथा अन्य केहि मुलुकमा एकसाथ आउन लागेको ‘डक्टर डेनिम’ सँग पाँच बर्षको लागि अभिनेता राउतलाई आवद्ध गरिएको हो । ‘म आँफै अचम्ममा परेको छु, चलचित्रमा अभिनय नगर्दै मेरो डिमाण्ड भईसकेछ, उनले भने, ‘चलचित्र रिलीज भएपछि के हुन्छ थाहा छैन तर यसमा मैले ठुलो मिहेनतका साथ काम गरेर देखाउनेछु ।’
चलचित्र प्रेम गीत ३ आगामी चैत २८ देखि प्रदर्शन हुँदैछ भने केहि महिनाभित्रै छायाँकनमा जाने निर्माण टिमको तयारी छ ।