
साप्ताहिक संवाददाता

वर्षामा पानी परिरहने भएकाले धेरैलाई बिहान–बिहान फिटनेस जान अल्छी लाग्न सक्छ । यतिबेला घरमै म्युजिक बजाएर तथा पहिले सिकेका स्टेपमा आधारित भएर व्यायाम गर्न सकिन्छ ।
अहिले युट्युबमा पनि फिटनेसका बारेमा जानकारी दिइने भएकाले त्यसलाई हेरेर पनि सामान्य व्यायाम गर्न सकिन्छ ।
पहिलेको तुलनामा अहिले धेरै मानिस आफ्नो फिटनेसप्रति सचेत हुन थालेका छन् । मोटो भएर तौल घटाउन फिटनेस जानुभन्दा पनि फिट र स्वस्थ रहन व्यायाम गर्नु उपयुक्त हो ।
प्रत्येक दिन १ घण्टा व्यायाम गर्न सकिन्छ । व्यायाम खाली पेटमा गर्नुपर्छ । साँझ व्यायाम गर्नुपरे ३ घण्टाअघि खानेकुरा खानु हुँदैन ।