सुशीलको ‘बादशाह जुट’ कार्तिकमा

- साप्ताहिक संवाददाता

भाद्र २, २०७६

चलचित्र ‘बादशाह जुट’को अफिसियल पोस्टर तथा प्रदर्शन मिति सार्वजनिक गरिएको छ । अघिल्लो बर्षको पुष १३ मा सार्वजनिक हुने भनिएको एक्सन जनराको यो चलचित्र अव आगामी कार्तिक १ गते सार्वजनिक हुनेछ ।

चलचित्रमा आमिर गौतमको पनि मुख्य भूमिका देख्न सकिनेछ । यद्यपी पोस्टरमा उनलाई देखाइएको छैन । चलचित्रमा रोषी खड्का, केइषा रावत, रश्मि पाण्डे, दीपक क्षेत्री र कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ । यसअघि यो चलचित्रको एक गीत सार्वजनिक गरिएको थियो । उक्त गीतको भिडियोमा  प्रियंका कार्कीको अभिनय देख्न सकिनेछ ।

अभिषेक शशि कुमारको लेखन रहेको चलचित्रमा कृष्ण भारद्वाज र कोशिस क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेती र राजु कार्कीको छायाँकन छ भने दिर्घ खड्काले सम्पादन गरेका हुन् ।

प्रकाशित :भाद्र २, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्