साप्ताहिक संवाददाता
भाद्र ५, २०७६
अनिल बस्नेत, सिइओ
मेट्रो तरकारी
कुनै पनि व्यवसाय आजको भोलि फस्टाउँदैन, त्यसैले व्यवसायीमा धैर्यता चाहिन्छ
कम जोखिम लिएर लगानी गर्ने
पूर्ण समय आफ्नो व्यवसायलाई दिने
व्यवसाय सुरु गर्नुभन्दा पहिले नै ग्राहकको छनौट गर्न सक्नुपर्छ ।
व्यवसायको आधिकारिता लिने ।
कहाँ के छुट ?
एनआईसी एसिया बैंक तथा होटल ह्यारिसन प्यालेस विराटनगरबीच छुट सम्झौता भएको छ । अब एनआइसी एसिया बैंकका ग्राहक तथा कर्मचारीले ह्यारिसनको सेवामा ३० प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ ।
ओम समाज डेन्टल हस्पिटल तथा लुम्बिनी विकास बैंकबीच दन्त रोगको उपचारमा छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताबमोजिम लुम्बिनी विकास बैंकका कर्मचारी तथा कार्डबाहक ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।