साप्ताहिक संवाददाता
चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र आगामी कार्तिक २२ गतेबाल अल नेपाल रिलिज हुने भएको छ ।
साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर हेरेर धेरैले सकारात्मक प्रतिकृया दिएका छन्।
चलचित्रमा साहित्यकार झमकको भूमिकामा २ कलाकार देखिएका छन् । झमकको वाल्यकालको भूमिका सिलगुडिकी अवस्था थापाले निर्वाहा गरेकी छिन् भने तन्नेरी अवस्थाको भूमिकामा काठमाडौंकी रोजिता वुद्धचार्य देखिने छिन् । झमकको बहिनीको भुमिका पनि २ कलाकारले निर्वाह गरेका छन् । बहिनीको भूमिकामा बाल कलाकार स्वीकृति शर्मा र अभिनेत्री सारिका घिमिरे देखिने छन् ।
चलचित्रमा किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायतका कलाकारले अभिनय गरेका छन् । झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ ।
जीवन काँडा कि फूलको ट्रेलर :