साप्ताहिक संवाददाता
भाद्र १२, २०७६
नेपाली कचानक चलचित्र ‘आधा सुर’को छायांकन प्रारम्भ भएको छ । डेब्यु निर्देशक अशिन पौडेलको निर्देशन रहेको यो चलचित्रको छायांकन बुधबार भद्रकाली मन्दिरमा पुजा गरेर सुरु गरिएको हो ।
तीन युवाको सांगीतिक संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्रमा अर्पण थापा, प्रविण खतिवडा, शिसिर वाङ्देल, सरिता गिरी, दीलीप रानाभाट, सुरज बिष्ट, बविता मल्ल, सुभांगम पराजुली लगायतका कलाकारले अभिनय गरेका छन् । यो चलचित्र बिष्णु कल्पितले खिच्दैछन् ।
चलचित्र त्रिउ नेपाल र ब्यास मोशन पिक्चर्सको ब्यानरमा काठमाडौ र पोखरामा खिचिने छ । चलचित्रका गीतमा रोशनराज थापाले संगीत गर्ने छन् ।
‘आधा सुर’ को स्क्रिप्टमा निर्देशक अशिनले सौरभ कार्कीसँग लेखनमा सहकार्य गरेका छन् ।