
साप्ताहिक संवाददाता

पछिल्लो समय कुनै अभिनेताको चर्चा छ भने त्यसमा पुष्प खड्काको नाम पनि आउँछ । अझै पनि, दर्पण छायाँ २, मंगलम र अहिले नयाँ चलचित्र मारुनीसम्म आइपुग्दा पुष्पले राम्रै फ्यान कमाएका छन् ।
यो बेलासम्म आइपुग्दा पुष्पले कहिल्यै आफु प्रेममा छु पनि भनेनन् । कुनैपनि मिडियासंग आफ्नी प्रेमिकाको बारेमा खुलेर कुरा पनि गरेका छैनन् । तर, हालै साप्ताहिकका लागी रामजी ज्ञवालीसँगको कुराकानीमा भने उनले आफु गहिरो प्रेम सम्बन्धमा रहेको जनाएका छन् । तपाईंसँग कोही त्यस्तो सबैभन्दा मिल्ने केटी साथी छ ? जवाफमा उनले भने, ‘म सँग मिल्ने साथी धेरै छन् । तर, उनिहरुमध्ये विशेष एकजना छिन्, जोसँग ६ बर्षदेखि म निरन्तर सम्पर्कमा छु ।’ कतिसम्म भने पुष्पले यि युवतीलाई आमा पछि सवैभन्दा धेरै मायाँ लाग्ने युवती समेत भनेका छन् ।
पुष्पले भनेको यो कुराले उनी गहिरो प्रेम सम्वन्धमा रहेको पुष्टि हुन्छ । कुराकानीमा उनले प्रेमिकाको नाम भने खुलाउन मानेनन् ।