साप्ताहिक संवाददाता
भाद्र १३, २०७६
चलचित्र ‘काले दाई’को फस्टलुकसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । शिव शर्माको निर्देशनमा बनेको चलचित्र बिजयादशमीको अवसर पारि असोज १७ गतेबाट प्रदर्शनमा आउनेछ ।
नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ । चलचित्रमा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ ।
चलचित्रको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । चलचित्रमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्वन्द, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ । चलचित्रलाई आरआर फिल्मस्ले वितरण गर्नेछ ।