साप्ताहिक संवाददाता
भाद्र १४, २०७६
यतिबेला चलचित्र ‘पासवर्ड’ चर्चामा छ । बलिउड अभिनेत्री सनी लियोनलाई झन्डै १ करोड रुपैयाँ पारिश्रमिक दिएर एउटा आइटम गीतमा नृत्य गर्न लगाएपछि नै यो चलचित्र चर्चामा आएको थियो । सनीले बेलायतको एउटा बारमा गरेको डान्ससहितको गीत ‘आजको साम...’ सार्वजनिक भैसकेको छ ।
युट्युबमा झन्डै साढे ४३ लाख पटक हेरिएको ऊक्त गीतले बनाएको त्रेजलाई सनीले हालै सामाजिक सञ्जालमा अपलोड गरेको एउटा भिडियोले थप उचाइ प्रदान गरेको छ । सनीले अघिल्लो साता एउटा भिडियो सन्देशमार्फत उक्त चलचित्रको प्रिमियर शोमा सहभागिता जनाउन आगामी भदौ २५ गते काठमाडौं आउने कुरा बताएकी छिन् ।
उक्त चलचित्र भदौ २७ गते सार्वजनिक हुँदैछ । चलचित्रको निर्माण पक्षले जनाए अनुसार सनीले उक्त चलचित्रको प्रचारका लागि तीन दिन उपलब्ध गराएकी छिन् ।