निःशुल्क भिडियो सामग्री

- साप्ताहिक संवाददाता

भाद्र १९, २०७६

डियरवाक लर्निङ सेन्टरले विद्यार्थीहरूका लागि शैक्षिक भिडियो सामग्रीहरू सार्वजनिक गरेको छ । यी भिडियो सामग्री इन्टरनेट, मोबाइल एप्स तथा अनलाइनका विभिन्न माध्यमहरूबाट प्रयोग गर्न सकिन्छ ।

कक्षा ४ देखि १० सम्मका अनिवार्य विषयहरूलाई समेट्दै १ हजार ७ सय भन्दा बढी भिडियो लेक्चर्स उत्पादन गरिएको छ । वर्ष २०७७ सालको अन्त्यसम्ममा कक्षा १ देखि ३ र कक्षा ११ र १२ मा अध्ययन गरिने विषयका भिडियो लेक्चर्सहरू उत्पादन गर्ने योजना रहेको डियरवाक लर्निङ सेन्टरले जनाएको छ ।

नेपाल सरकारद्वारा निर्मित पाठ्यक्रममा आधारित भएर निर्माण गरिएको शैक्षिक भिडियो सामग्रीहरूले विद्यार्थीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न सघाउने बताइएको छ । औसत समयावधिलाई ध्यानमा राख्दै श्रव्यदृश्य कक्षाहरूको लम्बाइलाई १४ देखि २० मिनेटसम्ममा सीमित गरिएका छन् भने सबै भिडियो लेक्चर्स पूर्णतः निःशुल्क छन् । यी सामग्रीको उपयोगका लागि डीएलसीडट डीडब्लूआइटीडट इडीयुका साथै गुगल प्लेस्टोरबाट डिएलसी मोबाइल एप डाउनलोड गर्न सकिन्छ । 

प्रकाशित :भाद्र १९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्