साप्ताहिक संवाददाता
* अमेरिकाकी ग्ल्यामरस मोडल स्टेफनी एडम्सले सन् २०१८ मा २५ तल्लाबाट हाफ फालेर आत्महत्या
गरेकी थिइन् ।
* क्यानाडामा निर्माण हुने वयस्क चलचित्रकी अभिनेत्री अगुष्ट एमिजले सन् २०१७ मा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
* अमेरिकन राजनीतिज्ञ ब्रान्डन हिक्सोनले यौन हिंसाको आरोपमा मुछिएपछि सन् २०१८ मा आफैंलाई गोली हानेर आत्महत्या गरे ।
* डिप्रेसनमा परेपछि क्यानाडाका प्रोफेसनल रेस्लर क्रिस बेनोइटले आफ्नी श्रीमती र छोराको हत्या गरेर आफू पनि झुन्डिएर आत्महत्या गरेका थिए ।
* सन् २००६ मा छोरीको मृत्युपछि डिप्रेसनमा परेका जर्मन फुटबल टिमका गोलकिपर रोबर्ट एन्केले सन् २००९ मा रेलको लिगमा हामफालेर आत्महत्या गरेका थिए ।
* ब्राजिलका उपन्यासकार एवं कवि भिक्टोर हेरिन्गरले आफ्नो अपार्टमेन्टको झ्यालबाट हाफ फालेर सन् २०१८ मा आत्महत्या गरेका थिए ।
* ब्रिटिस–अमेरिकी मुलकी बलिउड अभिनेत्री जिया खानले सन् २०१३ मा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।
* भारतका धार्मिक गुरु वायु महाराजले सन् २०१८ मा आफ्नो टाउकोमा गोली हानेर आत्महत्या गरेका थिए ।
* बंगलादेशकी अभिनेत्री मिता नुरले सन् २०१३ मा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।