साप्ताहिक संवाददाता
जमाना पहिले जस्तो रहेन अब । दर्शक–श्रोतालाई के मन पर्छ जसले पनि सहजै थाहा पाउन सक्ने जमाना आइसकेको छ । सामाजिक सन्जाल छ, कमेन्ट आउँछ, लाइक आउँछ अनि शेयर हुन्छ । सहजै रुपमा दर्शकलाई मन परेको नपरेको कुरा पोस्ट गर्न सक्ने व्यवस्था छ सामाजिक सन्जालमा ।
नेपाल टेलिभिजनबाट प्रशारण भैरहेको चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोल झण्डैं २ महिनापछि फेरी प्रशारण त भयो तर युट्युवमा खासै प्रशंसा पाउन सकेको छैन । पहिलेको टिमको एपिसोड हरेक हप्ता टे«ण्डिङमा आउथ्यो । तर, पछिल्लो समयको एपिसोड टे«ण्डिङमा आउने कुरा त छाडौं पोजेटिभ कमेन्ट समेत भेट्टाउन मुस्किल पर्छ । १२ हजार बढि कमेन्ट छन्, जहाँ सकारात्मक किसिमका कमेन्ट भेट्नै सकिदैन ।
भद्रगोलबाट निर्देशकद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेसहितको २१ जनाको पुरानो टिम बाहिरिएपछि मिडिया हबले नयाँ टिम बनाएर भद्रगोललाई फेरी संचालनमा ल्याएको हो । रोकिएपछि पुनः सुरु गरिएको श्रृंखलालाई ज्योती काफ्ले र अशोक धितालले संयुक्त रुपमा निर्देशन गरिरहेका छन् ।
पुरानो टिमका अधिकांश दर्शक नभएपछि दर्शकले निकै गाली गरेका छन् । लाइक भन्दा धेरै अनलाइक गरेका छन् ।
उत्पादक मिडिया हवसँग पटक पटक छलफल भएपनि कुरा नमिलेपछि जिग्री पाँडेको टिम बाहिरिएको थियो । अब यो टिमले नयाँ कार्यक्रम ल्याउने भएको छ । कलाकार अर्जुन घिमिरे (पाँडे)ले उहि थिम र कन्सेप्टमा असोज २ गतेदेखि नेपाल टेलिभिजनमा नयाँ नामबाट आफुहरुले कार्यक्रम ल्याउने बताए ।कार्यक्रमको नाम भने सार्वजनिक गरिएको छैन ।