• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. विज्ञान प्रविधि
विज्ञान प्रविधि
जुम्ल्याहाको सुपरबाइक ब्लगिङ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

एकराज सुवेदी

जुम्ल्याहाको सुपरबाइक ब्लगिङ
भाद्र २३, २०७६

रुपेन्द्र, लपेन्द्र जुम्ल्याहा थापा दाजुभाइ हुन् । दुबईको चर्को गर्मीमा उनीहरू सुपरबाइकसम्बन्धी भिडियो निर्माण गरिरहेका हुन्छन् । काम पनि उनीहरूको जुम्ल्याहा नै छ । त्यसैले त एक जनाले भिडियो खिच्छन् भने अर्कोले भिडियोका लागि आवश्यक सामग्री तयार पार्छन् । 

उनीहरू बिमोटो भ्लग्स नामक युट्युब च्यानलमा हिन्दी मिश्रित नेपाली लवज तथा अंग्रेजी भाषामा विभिन्न जानकारीसहित विशेष गरी दुबईमा भएका विभिन्न बाइकको भिडियो अपलोड गर्छन् । बीमोटो भ्लग्समा बीको अर्थ ब्रदर्स हो । जुम्ल्याहा दाजुभाइले शुरुवात गरेको भ्लग्स अर्थात भिडियो च्यानल भएकाले यसको नाम बीमोटो भ्लग्स राखिएको हो । उनीहरूको च्यानल हाल बाइक क्रेजी युवाहरूबीच लोकप्रिय छ । करिब एक वर्ष पहिले उनीहरूले उक्त ब्लग प्रारम्भ गरेका हुन् । 

रुपेन्द्र र लपेन्द्र लमजुङको सुन्दर बजारका स्थायी बासिन्दा हुन् । यद्यपि उनीहरू लमजुङ बसेनन् । उनीहरू बुवाको जागिरका क्रममा बुवासँगै भारतमै हुर्किए । सन् २०१० मा बुवा रिटायर्ड भएपछि स्थायी बसोबासका लागि उनीहरू लमजुङ आए । अहिले बुवा–आमा यतै भए पनि यी जुम्ल्याहा दाजुभाइ भने दुबईमा छन् । उनीहरू नेपाल धेरै बस्न पाएनन् । दिल्ली युनिभर्सिटीबाट एमबीए गरे पछि उनीहरूले वैदेशिक अध्ययनका लागि प्रयास गरे । 

भाइ लपेन्द्र दुबईको प्रतिष्ठित कम्पनी अल फुत्तिमको मानव संसाधन विभागमा काम गर्छन् भने दाइ रुपेन्द्र युरोपकै प्रतिष्ठित मानिने वायर इन्जिनियरिङको रिक्रुटमेन्ट स्पेसलिस्ट हुन् । शुक्रबार र शनिबार बिदा हुने भएकाले त्यही समयलाई उनीहरूले ब्लग र भिडियोग्राफीका लागि छुट्याएका छन् । उनीहरू शुक्रबार सुटिङ गरेर शनिबार सम्पादन गरी आफ्नो युट्युब च्यानलमा भिडियो अपलोड गर्छन् । पहिलो पटक सिंगापुरमा सामान्य अफिस क्लर्कका रूपमा कार्य प्रारम्भ गरेका उनीहरू हाल यो अवस्थासम्म आइपुगेका हुन् । 

रुपेन्द्र साप्ताहिकसँगको कुराकानीमा भन्छन्, ‘बुवाको पैसामा होइन, आफैंले केही गरौं भन्ने सोच थियो । त्यो सोचले अहिले सार्थकता पाएको छ ।’ स्कुल कलेज पढ्दादेखि नै उनी बाइक र अन्य सवारी साधनका क्रेजी थिए । त्यसैले उनी यसका लागि बुवासँग पनि झगडा गरिरहन्थे । उनको पहिलो बाइक पल्सर १५० थियो, जुन ५ वर्षजति चलाए । रुपेन्द्रमा बाइक र इन्धनसँग खेल्ने सौख नै थियो । घरमा उनी र उनको भाइको छुट्टै कोठा थियो र उनीहरू त्यो कोठालाई बाइकका तस्बिरले सजाउँथे । उनीहरू आफ्नो कोठाबाहेक अन्य स्थानमा पनि यसरी नै बाइकका तस्बिर सजाउन रुचाउँथे । 

रुपेन्द्र आफ्नो पहिलो बाइक पल्सर तीव्र गतिमा कुदाउने देखि लिएर स्टन्ट समेत गर्थे । उनी कामको सिलसिलामा पहिलो पटक सिंगापुर गए । सिंगापुरमा पनि उनले सुपरबाइक राइडरहरूसँग संगत गरे, उनीहरूसँग आइडिया लिइरहे । 

थापा विभिन्न अनलाइन सर्च गरिरहन्थे । यसरी सर्च गर्दा र विभिन्न कार्यका लागि आवेदन दिँदादिँदै उनको भाइलाई दुबईबाट कामका लागि अफर आयो । भाइ लपेन्द्र पहिलो पटक दुबई गए । पछि दाइ रुपेन्द्रले पनि दुबईमै काम पाए । अहिले उनीहरूले त्यहाँ काम गर्न थालेको पनि ६ वर्ष पुग्न लागिसकेको छ । 

नेपाल जस्तो दुबईका सबै स्थानमा फोटोग्राफी वा भिडियोग्राफी गर्न पाइँदैन । त्यसका लागि विभिन्न निकायबाट स्वीकृती लिनुपर्छ । तस्बिर वा भिडियो लिँदा अन्य कसैको तस्बिर त्यसमा आयो भने उनीहरूले मुद्दासमेत हाल्न सक्छन् । यस्तो अवस्थामा काम गर्न निकै गार्‍हो हुन्छ । रुपेन्द्र भन्छन्, ‘यो अवस्थामा फोटो वा भिडियो सम्पादन गर्न समेत निकै अप्ठ्यारो हुन्छ । त्यस्तो अप्ठ्यारो अवस्थाको सामना धेरै पटक गर्नुपरेको छ ।’

आफूले जानेको आइडिया अरुलाई सेयर गर्न जसलाई पनि आनन्द आउँछ, उनीहरूले त्यही आनन्द लिइरहेका छन् । ब्लग र युट्युब सुरुवात गर्ने उनको रहर भने पछि मात्र पलाएको हो । यसमा पनि अर्को छुट्टै प्रसंग जोडिएको छ । उनीसँग चिनजानको एक भाइले एक दिन उनको क्यामेरा मागेका थिए । उनलाई फोटो तथा भिडियो खिच्न सिकाइदिए पछि तिनै भाइले उनलाई ब्लग वा युट्युब बनाउन प्रेरित गरे । कुराकानीकै क्रममा यी दाजुभाइलाई आइडिया फुर्‍यो । दुबईका अधिकांश कार्य अटोमोबाइलसँग सम्बन्धित हुन्छन् । बजारमा उपलब्ध हुने अधिकांश सुपर कार तथा सुपर बाइक दुबईमै लन्च हुन्छन् । त्यसो भए किन ब्लगिङ नगर्ने ? अनि सुरु भयो ब्लग । त्यसपछि उनीहरूले आफूले किनेका सामानहरूको रिभ्यु पनि दिन थाले । 

भाइ लपेन्द्र जहिले पनि स्क्रिनको अगाडि र रुपेन्द्र स्क्रिनको पछाडि । यसलाई उनीहरू दुई भाइको एउटा ग्रुप मान्न सकिन्छ । भिडियोका लागि आवश्यक सिन, ब्याकग्राउन्ड, साउन्ड क्वालिटी, भिडियो क्वालिटी आदि चेक गर्ने कार्य रुपेन्द्रको हुन्छ । स्क्रिन अगाडि लपेन्द्र देखिन्छन् र उनी त्यसका लागि आवश्यक तयारी गर्छन् । 

यसबीच उनीहरूसँग सुपरबाइक राइडरहरूको एक समूहले सम्पर्क गर्‍यो । दुबईमा करिब ३ सय देखि ४ सय जना राइडरले समूह बनाएका हुन्छन् । अफरोड, अनरोड आदिका लागि फरक फरक ग्रुप हुन्छन् । एक पटक रफ राइडर नामक सुपरबाइक राइडरहरूको ग्रुपले उनीहरूसँग ब्लग र भिडियो बनाउनुका साथै अन्य विभिन्न कामका लागि सहकार्य गर्न आग्रह गर्‍यो । यो उनीहरूका लागि एउटा अवसर थियो । उनीहरूले नि:शुल्क रूपमा उक्त समूहको सदस्यता प्राप्त गरे । उनीहरूको ज्ञानको भण्डार पनि बढ्दै गयो । रुपेन्द्र भन्छन्, ‘बाइकको सीसी, इन्जिन आदिका बारेमा जानकारी बढ्दै गयो । बाइक कुन टाइपका र कति प्रकारका हुन्छन् ? बाइकका बारेमा धेरै कुरा थाहा भयो । हामीलाई पनि धेरैले चिन्न थाले ।’

युएईमा सक्रिय ग्रुप मध्ये एक लिबर्टी राइडर्सले पनि उनीहरूसँग सम्पर्क गर्‍यो र उनीहरू त्यसको पनि सदस्य भए । त्यसपछि उनीहरूको युट्युब च्यानलका फलोअर्स र सब्स्क्राइबर समेत बढ्दै गए । उनीहरूले हाल ६ सय सीसीभन्दा माथिका बाइकको ब्लगिङ गर्छन् । रुपेन्द्र भन्छन्, ‘नेपालमा पनि काम गर्न पाए हुन्थ्यो भन्ने लाग्छ । यसका लागि हाई क्लासको बाइक, हाई क्वालिटी भिडियो र हाई साउन्ड क्वालिटी चाहिन्छ । नेपाल आएका बेला समय निकालेर गर्न सकिन्छ ।’

अमेरिकामा आधारित पुरानो कार अक्सन कम्पनी कोपार्टले उनीहरूलाई फोटोग्राफीका लागि अनुबन्ध गर्नु उनीहरूको सबैभन्दा ठूलो उपलब्धि हो । आफ्नो वेबसाइटको पहिलो पेजमा कोपार्ट कम्पनीले उनीहरूकै फोटोग्राफी प्रयोग गरेको छ । 

आफूहरूले पैसा कमाउन भन्दा पनि युवाहरूलाई सुपरबाइकका बारेमा प्रेरणा र ज्ञान दिन ब्लगको प्रयोग गरेको रुपेन्द्र बताउँछन् । कतिपय राइडरले चाहेर पनि सुपरबाइक चलाउन पाएका हुँदैनन् । त्यसैले उनीहरूले यसबाट ज्ञान लिन सक्छन् । अनरोड, अफरोड राइड गर्न चाहने भर्खरका युवाहरूले यसबाट प्रेरणा लिन सक्छन्, आइडिया लिन सक्छन् । यसैका लागि ब्लग प्रारम्भ गरेको थापा दाजुभाइको भनाइ छ । 

उनीहरूले यसका लागि धेरै समय खर्चिएका छन् र लामै संघर्ष गरेका छन् । दुबईको ४५ डिग्रीको गर्मीमा भिडियो खिच्नु आफैंमा दुस्साहस मान्न सकिन्छ । हिन्दी लबज मिसिएको नेपाली बोल्दै थापा भन्छन्, ‘यो कार्य सजिलो त होइन, धेरै अप्ठ्यारो छ ।’

जिन्दगीमा कुनै पनि कुरा त्यति सहज हुँदैन भन्ने थापाको मान्यता छ । आफ्नो उक्त ‘ड्रिम’ पुरा हुने उनले कल्पनासम्म गरेका थिएनन् । ‘ब्लगिङ गरिएला र यति धेरै मानिसले चिन्लान् भनेर सोचिएकै थिएन । आफूमा रुचि जागे पछि कसैले हेरोस् वा नहेरोस्, ब्लग बनाउँदै गयौं ।’ रुपेन्द्र भन्छन्, ‘रुचि जागेपछि केही गर्न हिम्मत आउने र त्यही हिम्मतले अगाडि बढ्न सहयोग गर्ने रहेछ । हिम्मतका साथ एकोहोरो रूपमा एउटा कार्यमा लागे उपलब्धि प्राप्त गर्न सकिने रहेछ । यही कुरा म आफ्ना फलोअर्सलाई भन्न चाहन्छु ।’

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
विज्ञान प्रविधि
आइसिटी अवार्डको नोमिनेसन सुरु

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक

वैशाख ८, २०७७

विज्ञान प्रविधि
कोरोना परीक्षण: के हो आरडिटी र पिसिआर ?

समर्पण श्री

वैशाख ८, २०७७

विज्ञान प्रविधि
नेपाली सिनेमाको डिजिटल फड्को

समर्पण श्री

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik