अफिस ड्रेसमा ध्यानदिनुपर्ने कुरा 

- मिनु श्रेष्ठ

भाद्र ३१, २०७६

 

अहिले अधिकांश कम्पनीले आफ्ना कर्मचारीका लागि कर्पोरेट ड्रेस कोड लागू गरिसकेका छन् । यद्यपि कतिपय कम्पनीले ड्रेस कोड लागू गरेका छैनन् । ड्रेस लागू भए पनि, नभए पनि एउटा कर्मचारीले कार्यालय जाँदा लगाउने पोसाकका सन्दर्भमा केही कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

    अफिसियल ड्रेस शरीरमा सुहाउँदो अर्थात् फिट हुनुपर्छ ।

    अफिसियल वेयर धेरै ओपन वा भल्गर देखिनु हुँदैन । 

    पहिरन सधैं सफा र आइरन गरिएको हुनुपर्छ । 

    अफिसियल ड्रेसमा एसेसरिजको प्रयोग कम गर्नुपर्छ भने बटनहरू पनि साधारण प्रयोग गर्नुपर्छ ।

    हल्का रङ तथा कम प्रिन्टेड पहिरन लगाउनुपर्छ । 

    अफिसियल वेयरसँग जुत्ता र ह्यान्ड ब्याग पनि साधारण नै प्रयोग गर्नु उपयुक्त हुन्छ । 

    आफ्नो नियमित काममा जाँदा केशको स्टाइल तथा मेकअपसमेत साधारण हुनुपर्छ ।

 

प्रकाशित :भाद्र ३१, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्