• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
के हस्तमैथुन समस्या हो ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

के हस्तमैथुन समस्या हो ? 
आश्विन ९, २०७६

म २२ वर्षीय अविवाहित पुरुष हुँ । मेरो समस्या हस्तमैथुन हो । मैले विगत नौ वर्षदेखि दैनिक रूपमा हस्तमैथुन गर्दै आएको छु । के हस्तमैथुन गर्नाले शारीरिक कमजोरी हुन्छ ? के धेरै हस्तमैथुन गर्दा सन्तान जन्माउन सकिँदैन ? यो समस्याबाट छुट्कारा पाउने उपाय के हो ? हस्तमैथुन गर्दा वीर्य नष्ट हुन्छ ? कतै मेरो शारीरिक कमजोरीको कारण हस्तमैथुन त होइन ? 

                                                                                - ५६७८

के हस्तमैथुन समस्या हो ? 

आफैंले यौनाङ्ग चलाउने वा दबाउने जस्ता क्रियाकलाप गरेर यौन आनन्द प्राप्त गर्ने यौन क्रियाकलाप नै हस्तमैथुन हो । यौन आनन्द प्राप्त गर्ने उपायहरूमध्ये यौन अङ्गको घर्षण प्रमुख हो । सिद्वान्तत: सम्भोग गर्दा र हस्तमैथुन गर्दा यौन अङ्गको घर्षणबाट यौन आनन्द प्राप्त हुने प्रक्रिया तथा मानव यौन प्रतिक्रिया चक्र उस्तै हो । त्यसैले सम्भोग गर्दा हानि हुँदैन तर हस्तमैथुन गर्दा हानि हुन्छ भन्न मिल्दैन । त्यसैले हस्तमैथुनलाई समस्या भन्न मिल्ने कुरै भएन । हस्तमैथुनलाई समस्याका रूपमा लिनु मनासिव होइन, किनभने यो एउटा स्वाभाविक यौनप्रक्रिया हो ।

 

के हस्तमैथुनले हानि गर्ला ? 

हस्तमैथुन गर्दा अनुहारमा दाग आउने, आँखाको दृष्टि कमजोर हुने, नपुंसक हुने, विवाहपश्चात् आफ्नो यौन साथीलाई सन्तुष्टि दिन नसक्ने वा शीघ्र स्खलन हुने, स्मरणशक्ति ह्रास हुने, शारीरिक कमजोरी आउने जस्ता भ्रमहरू व्याप्त छन् । तपाईं स्पष्ट हुनुभए हुन्छ, हस्तमैथुनले यी कुनै हानि गर्दैन । 

बरु यसका फाइदा पो छन् । यसले यौन इच्छाको दमनबाट हुने तनावबाट मुक्तिका साथै अनावश्यक गर्भधारण, देहव्यापारीसँगको यौनसम्बन्ध तथा त्यस्ता क्रियाकलापमा हुने खर्च तथा समयको दुरुपयोगबाट जोगाउँछ । एचआईभी वा अन्य यौन संक्रमणहरू पनि सर्दैन । हस्तमैथुन आफैंले खराबी गर्ने नभए पनि यससँग जोडिएर आउने हीनताबोध वा दोषीपनले भने समस्या उत्पन्न गराउन सक्छ ।

 

के हस्तमैथुनले नै कमजोर बनाएको हो ? 

पक्कै होइन । धेरै शारीरिक परिश्रम गर्दा थकाइ लाग्छ । सामान्यत: हस्तमैथुन गर्दा यस्तै ३ देखि ६ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ । दौडिँदा यस्तै १४ देखि १८ क्यालोरी प्रतिमिनेट, भर्‍याङ चढ्दा यस्तै १२ देखि १४ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ भने पौडी खेल्दा १० देखि १२ क्यालोरी प्रतिमिनेट खर्च हुन्छ । यसरी तुलना गरेपछि तपाईंले पक्कै थाहा पाइसक्नुभयो होला कि हस्तमैथुन एक विशेष क्रियाकलाप भए पनि यसमा त्यति धेरै शक्ति अर्थात् क्यालोरी खर्च हुँदैन र यसलाई नै थकाइ लाग्नु वा कमजोरीको मुख्य कारण मान्नु मनासिव हुँदैन । बरु थकाइ लाग्ने वा कमजोरी अनुभव हुने अन्य कुनै कारण त छैन भनेर विचार गर्नुपर्ने हुन्छ । यसरी लामो समयसम्म थकाइ लगाउने कारणहरूमा रक्तअल्पता, निराशा, चिन्ता, खानासम्बन्धी एलर्जी, ह्दयरोग, मधुमेह, निदाएको बेला सास रोकिने अवस्था, थाइराइड आदि हुन सक्छन् । यसमा हस्तमैथुनलाई दोष दिनुभन्दा चिकित्सकलाई देखाई उचित उपचार गराउनु बेस होला ।

 

समाधान के होला ?

बुझ्नुपर्ने मुख्य कुरा हस्तमैथुनले स्वास्थ्यसम्बन्धी कुनै हानि–नोक्सानी गर्दैन भन्ने नै हो । तपाईंको हकमा अनावश्यक रूपमा चिन्ता नगर्नु वा हिनताबोध नलिनु नै समाधानको बाटो हो । कतिपय स्थानमा यस्ता प्राकृतिक यौन क्रियाकलापको उपचार गर्ने चलन छ, जसको फाइदा उपचार गराउनेलाई मात्र हुन्छ । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik