शाकाहारी भोजनका कारण २ देसमा सकस

- साप्ताहिक संवाददाता

आश्विन १७, २०७६

निखिल उप्रेती, अभिनेता

म सानैदेखि शाकाहारी हुँ । बीचको केही समय शरीरमा तागत हुन्छ भनेर खाने प्रयास पनि गरेको थिएँ तर बाई गड रिटर्नस् भनिन्छ नि, अन्त्यमा म शाकाहारी जीवनमै फर्किएँ । मलाई जनावरको अत्यधिक माया लाग्छ । त्यही जनावरलाई काटेर, मारेर त्यसको मासु खाने इच्छा हुँदैन । शाकाहारी मान्छे एक्कासि मांसाहारी हुँदा बिरामी हुन्छन् भन्ने सुनेको थिएँ तर मेरो हकमा त्यस्तो केही भएन ।

त्यो समयमा मासु धेरै पच्दैनथ्यो । यद्यपि मानिसहरूले मासु खाएको देख्दा मलाई दिगमिग लाग्दैन । आफू शाकाहारी भए पनि मेरो छेउमा बसेर जोकसैले मासु खाँदा म घिन मान्दिनँ । मलाई जुनसुकै शाकाहारी परिकार मनपर्छ । 

विशेषत: सागसब्जी बढी खाँदा शरीर फुर्तिलो हुन्छ । शाकाहारी हुँदा स्वस्थभन्दा पनि स्ट्रेस कम हुन्छ । यसले शरीरलाई रिफ्रेस बनाउँछ । मलाई विदेशका दुई स्थानमा चाहिँ निकै गाह्रो भएको थियो ।

धेरैले मलाई सात तलाबाट हामफाल्ने कलाकार सम्झन्छन् तर म स्काई ड्राइभर हुँ । स्काई डाइभिङ भनेको प्लेनबाट हामफाल्ने काम हो । थाइल्यान्डमा स्काई डाइभिङको तालिम लिन जाँदा त्यहाँ शाकाहारी खाना पाइँदैन भन्ने जानकारी थिएन । बिहानैदेखि तालिम लिनुपथ्र्यो । त्यति बेला खाली पेट नै बस्नुपर्ने अवस्था थियो । पछि नजिकै इन्डियन रेस्टुराँ छ भन्ने कुरा थाहा पाएपछि त्यहाँ पुगेर शाकाहारी खानेकुरा खाएको थिएँ । त्यस्तै जापानको डिज्नी रिसोर्टमा पनि शाकाहारी खाना नपाएपछि हटडगमा भएको मासु हटाएर त्यसको ब्रेड मात्र खाएको थिएँ । 

प्रकाशित :आश्विन १७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्