• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
दसैं लक्षित छोटा चलचित्र
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

दसैं लक्षित छोटा चलचित्र
आश्विन १९, २०७६

युट्युबमा गीत–संगीतका म्युजिक भिडियो मात्र छैनन्, दसैंको बिदालाई मनोरञ्जक बनाउने उद्देश्यले दसैंविशेष छोटा चलचित्रहरू (वेब सिरिज) समेत अपलोड हुन थालेका छन् । केही वर्षयता यस्ता छोटा चलचित्र निर्माणको क्रम बढ्दै गएको छ । 

घटस्थापनाको दिन भाइब्स क्रिएसनले आफ्नो युट्युब च्यानलमा ‘दसैं भर्सेस गर्लफ्रेन्ड’ शीर्षकको वेब सिरिजको प्रिमियर गरेको छ । करिब २८ मिनेट लामो उक्त सिरिजको निर्देशन केदार धितालले गरेका हुन् । सिरिजका निर्माता पर्शुराम रिजालका अनुसार यो सिरिजमा दसैं–तिहारको सांस्कृतिक महत्वदेखि पर्व मनाउन नपाएका प्रसंगहरूसमेत समेटिएको छ । 

परिधि मिडियाको युट्युब च्यालनमा यही दसैंलाई लक्षित गर्दै ‘दसैंको खसी’ अपलोड गरिएको छ । दमन रुपाखेतीद्वारा निर्देशित यो चलचित्रमा दमन रुपाखेती, नीरज नेपाल, बिन्दा खतिवडा, रक्षा गुरागाईं, श्रद्धा गौतम, होमनाथ तिमिल्सिना, भीमसेन अधिकारी आदिले अभिनय गरेका छन् । 

डी नेपालको युट्युब च्यानलमा ‘विधवाको दसैं’ अपलोड गरिएको छ । भावनात्मक छोटो चलचित्र भनिएको ‘विधवाको दसैं’ लाई गोमा थापाले निर्देशन गरेकी हुन् । यो चलचित्रमा गोमा थापा, उदय बुढाथोकी तथा रेखा थापा मुख्य भूमिकामा छन् । १४ मिनेट लामो चलचित्र विधवाको दसैंको निर्माण दीक्षान्त मुभिज क्रिएसनले गिरेको हो । डी नेपालकै युट्युब च्यानलमा ‘गरिबको दसैं’ शीर्षकको अर्को छोटो चलचित्र पनि अपलोड गरिएको छ । 

रिमझिम फिल्म्सले दसैं सिरिजका रूपमा ‘गरिबको दसैं’ शीर्षकको छोटो चलचित्र तयार पारेको छ । रिमझिम फिल्म्सको युट्युब च्यानलमा अपलोड गरिएको उक्त चलचित्रलाई किसन गाहा मगरले निर्देशन गरेका हुन् । यो चलचित्र युट्युबमा ३ लाख पटक हेरिसकिएको छ । 

परेली फिल्म्सले ‘रातो टीका’ शीर्षकको टेलिफिल्म तयार पारेको छ । परेली फिल्म्सकै युट्युब च्यानलमा अपलोड गरिएको मिलन कार्कीद्वारा निर्देशित यो टेलिफिल्ममा दसैं मनाउन परदेशबाट स्वदेश आएको एउटा छोराको कथा समेटिएको छ, जसले घर नपुग्दै आमालाई गुमाउँछ । 

पिएस मिडियाले ‘कालो दसैं’ शीर्षकको छोटो चलचित्र आफ्नो युट्युब च्यानलमा अपलोड गरेको छ । धनीको दसैं तथा गरिबको दशालाई आधार बनाइएको यो चलचित्रलाई निराजन पाण्डे तथा विष्णु रिजालले निर्देशन गरेका हुन् । 

डि दोस्ताना फिल्म्स भवानी शंकर नामको युट्युब च्यानलले ‘यो कस्तो दसैं’ शीर्षकको छोटो चलचित्र अपलोड गरेको छ । भवानी शंकरले निर्देशन गरेको यो चलचित्रमा कृष्ण उपाध्याय, राजकुमार शर्मा, टेकप्रसाद ढकाल, दिवाकर शर्मा, गणेश दर्जी, कृष्ण कार्की आदिले अभिनय गरेका छन् । 

बबाल कमेडी नेटवर्कले आफ्नो युट्युब च्यानलबाट ‘परदेशीको दसैं’ शीर्षकको छोटो चलचित्र ल्याएको छ । आरबी शर्माद्वारा निर्देशित उक्त चलचित्रमा ज्ञानबहादुर खड्का, आरबी शर्मा, प्रसन्ना महत, निरज मोक्तान आदिले अभिनय गरेका छन् । 

सञ्जीवनी इन्टरटेन्मेन्टको युट्युब च्यानलमा ‘गरिबी दसैं’ शीर्षकको चलचित्र अपलोड गरिएको छ । सन्तोष पौडेलद्वारा निर्देशित उक्त चलचित्रमा ज्ञानु बोहोरा, मिनु पौडेल, मनिषा श्रेष्ठ, रोशन पुडासैनी आदिले अभिनय गरेका छन् । यही च्यालनमा ‘पापी दसैं’ शीर्षकको अर्कोे चलचित्र पनि अपलोड गरिएको छ । सञ्जीवनी मिडियाले नै ‘अँध्यारो फूलपाती’ शीर्षकको चलचित्र अपलोड गरेको छ । यो चलचित्रलाई पनि सन्तोष पौडेलले नै निर्देशन गरेका हुन् । 

जनआवाज नेपालको युट्युब च्यानलमा चलचित्र ‘कालो दसैं’ पनि अपलोड गरिएको छ । सूदन थापाद्वारा निर्देशित यो चलचित्रमा पीताम्बर रिजाल, सम्झना डीसी, सिर्जु केसी, वसन्त बुढाथोकी, रोजन रोक्का आदिले अभिनय गरेका छन् । 

आदेश इन्टरटेन्मेन्टको युट्युब च्यानलमा ‘दसैं : त्यो कालो दिन’ शीर्षकको चलचित्र अपलोड गरिएको छ । आदेश जिसीद्वारा निर्देशित यो चलचित्रमा पूर्ण जिसी, हिमा जिसी, आदेश जिसी, आशिष जिसी, विजय श्रेष्ठ आदिले अभिनय गरेका छन् । 

मनास्लु इन्टरटेन्मेन्टको युट्युब च्यानलले दसैंलाई लक्षित गर्दै दमाइको दसैं सार्वजनिक गरेको छ । सुनिता नगरकोटी, प्रमिला घलान, किरण परियार, अनिल तामाङ आदिद्वारा अभिनित दमाईंको दसैंको निर्देशन गौतम पोखरेलले गरेका हुन् । 

जल राप्ती डिजिटलको युट्युब च्यानलमा ‘दमाइको कुपुत्र दसैं’ शीर्षकको चलचित्र अपलोड गरिएको छ । गणेशबाबु बीकेद्वारा निर्देशित उक्त चलचित्रमा गणेश बाबु, लीला थापा, आयुष परियार, मया लामा, प्रसन ओली आदिले अभिनय गरेका छन् । 

यसैगरी बीएनएस इन्टरटेन्मेन्टको युट्युब च्यानलमा उपलब्ध ‘यसपालिको दसैं’ शीर्षकको छोटो चलचित्रको निर्देशन सुदर्शन ढकालले गरेका हुन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik