धुपौरेको उत्साहामा अनमोलमा

- साप्ताहिक संवाददाता

आश्विन २७, २०७६

 

नेपाली सिने उद्योगमा व्यवसायिक रुपमा सफल चलचित्र दिन सफल अभिनेता हुन् – अनमोल केसी । केसीले अभिनय गरेका हरेजसो चलचित्र सिने उद्योगमा सफल चलचित्रको सूचीमा पर्छन् । 

हाल अभिनेता केसीको हातमा २ चलचित्र छन् । ति चलचित्र हुन् ‘धुपौरे’ र ‘एन्टी हिरो’ । धुपौरे भन्दा अघिनै पक्का भएको एन्टी हिरोलाई पछि सारेर अनमोल यतिबेला चलचित्र ‘धुपौरे’को वर्कशपमा छन् । 

आगामी मंसिरबाट छायांकन प्रारम्भ हुने यो चलचित्र साम्तेन भुटियाले निर्देशन गर्दैछन् । चलचित्र मार्फत एक जुवाडेको कथा प्रस्तुत गरिने निर्देशन भुटियाले बताएका छन् । 

आफ्नै होम प्रोडक्शनको चलचित्रका लागि पनि लोकेशन हन्टिङमा ननस्किएका अनमोल यो चलचित्रका लागि आफै लोकेशन हन्टिङमा निस्किएका छन् । चलचित्रको कथालाई लिएर आफू निक्कै उत्साहित भएको अनमोल बताउँछन् । 

प्रकाशित :आश्विन २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्