मखमली मखमलीको फस्ट लुक्स

- साप्ताहिक संवाददाता

आश्विन २७, २०७६

 

अभिनेत्री शुभेच्छा थापाको चलचित्र ‘मखमली मखमली’ आगमी १३ मासिरबाट अल नेपाल रिलिज हुने भएको छ ।  सावित्रा चिलुवालले निर्माण गरेको चलचित्रको रिलिज मिति घोषणासँगै फस्ट लुक्सका रुपमा २ पोष्टर रिलिज गरिएको छ ।

यस अघि चलचित्र मखमली निर्माण भएको थियो । मखमलीले सिागल थिएटरमा ठिकै व्यापार गरेको थियो । मखमलीको सिक्वेलको रुपमा अभिनेत्री निर्माता शुभेच्छा थापाले ‘मखमली मखमली’ निर्माण घोषणा गरिन् । तर समयमा चलचित्र छायांकन नभएपछि यो चलचित्रमा निर्माताको रुपमा सावित्रा आबद्ध भएकी हुन् ।

प्रदर्शनको मिति तयसँगै रिलिज गरिएको दुई पोष्टरमा अभिनेता जयकिशन बस्नेत र अभिनेत्री शुभेच्छा थापालाई महत्व दिईएको छ । दुबै पोष्टरमा जयकिशन हास्य अबतारमा छन् । एउटा पोष्टरमा उनी ढकियामाथि बसेर बियर पिउँै गरेको र उनलाई शुभेच्छाले बोकेको देखाईएको छ । यस्तै अर्को पोष्टरमा जयकिशन तिलहरी युक्त पोते र मागलशुत्रमा सजिएको देखाईएको छ ।

‘मखमली मखमली’को कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवालले नै लेखेकी हुन् । राजु गिरीले निर्देशन गरेको चलचित्रमा बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायांकन रहेको छ ।

चलचित्रमा जयकिशन र शुभेच्छासँगै सारदा गिरी, परी तामाङ, माया तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोलल लगायतका कलाकारले अभिनय गरेका छन् । 

 

प्रकाशित :आश्विन २७, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्