अनिता गिरीको चाहना 

- साप्ताहिक संवाददाता

आश्विन २९, २०७६

 

नेपाली चलचित्र  तथा मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी  मोडल तथा नायिका हुन् – अनिता गिरी । मोडलिङ सुरु गरेको एक बर्ष भित्रनै  चार वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा अभिनय गरिसकेकी गिरी यात्राको छोटो समयमा नै धेरै चलचित्र कर्मीको रोजाइमा पर्न सफल छिन् । 

पछिल्लो समय गिरी मात्रै होईन् चलचित्र क्षेत्रमा आउन चाहाने युवा/युवतीको ठूलै भिड छ । यहि भिडमा कति हराईरहेका छन् भने कति स्थापित पनि भएका छन् ।

रंगिन दुनियाँमा होमिएको छोटो समयमानै आफूलाई स्थापित बनाउने दौडमा रहेकी गिरीले पनि यहि क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । अहिले उनी रंगिन नगरीको उज्यालो भविष्यका लागि मेहनत पनि गरिरहेकी छिन् । मोडलिङ हुँदै चलचित्रमा देखिएकी गिरीले थुप्रै फेसन सोहरुमा आफ्नो कला कौसल प्रदर्शन गरि सकेकी छिन ।

अभिनय तथा नृत्यमा पोख्त गिरीको सुन्दर मुहार र आकर्षक शरीरको धेरैले खुलेर प्रशंसा गर्ने गरेका छन् । उनी काममा निखरताका साथ यहि क्षेत्रमा स्थापित हुने दौडमा छिन् । खोटांगको सिम्पानीमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाएकी गिरीको व्यवहारिक पक्ष पनि निक्कै राम्रो भएको यस क्षेत्रका जानकारहरु बताउँछन् । उनको अभिनय, बोलिचाली र कला यात्रालाई लिएर सिने नगरीका मेकरहरुले सम्भावनाको खोजी समेत गरिरहेका छन् । 

सानै उमेरबाट सिने यात्राको सपना देखेकी गिरीले अभिनय गरेका केहि म्यूजिक भिडियो तथा चलचित्र प्रदर्शनको तयारीमा रहेका छन् । 

प्रकाशित :आश्विन २९, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्