विशेष शो मा रुचाईयो छ माया छपक्कै

  • राजनीति गर्नेले चलचित्र हेर्नै पर्ने माधव कुमार नेपालको भनाई

- साप्ताहिक संवाददाता

आश्विन ३०, २०७६

 

गत शुक्रबारबाट रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’को अहिले बजारमा राम्रै चर्चा छ । वर्षकै अपेक्षीत चलचित्र ‘छ माया छपक्कै’ले राम्रो व्यापार पनि गरिरहेको छ । बुधबार चलचित्र युनिटले यो चलचित्रको विशेष शो सम्पन्न गरेको छ । 

विशेष शोमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पूर्व अर्थमन्त्री वर्षमान पुन, सांसद कोमल वली, पूर्वप्रधान सेनापति रुकमाङ्गद कटुवाल लगायत विभिन्न राजनीतिक व्यक्तित्वहरुले चलचित्र हेरेका थिए । 

चलचित्र हेरिसकेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चलचित्रले गहन विषयवस्तुको उठान गरेको बताए । नेपालले राजनीतिमा लाग्ने हरेक मानिसले चलचित्र हेर्न आवश्यक रहेको उल्लेख गरेका छन् । 

यता, टेलिभिजन प्रस्तोता रवि लामिछानेले दीपक–दीपाका हरेक चलचित्रले एउटा छाप छाड्ने गरेको बताउँदै ‘छ माया छपक्कै’ ले राजनीति गर्ने व्यक्तित्वहरुलाई झकझकाउने काम गरेको बताए । 

शुक्रबारदेखि प्रदर्शनमा आएको यो चलचित्रले ७ करोड माथिको व्यापार गरेको निर्माता रोहित अधिकारीले बताएका छन् । उनका अनुसार चलचित्र हेर्ने दर्शकको कमी भएको छैन । 

दिपेन्द्र लामाले निर्देशन गरेको चलचित्रको कथा पनि निर्देशक लामाले नै लेखेका हुन् । सफल निर्देशकका रुपमा आफूलाई चिनाएकी दीपाश्री निरौलाले यस चलचित्रमा निर्देशक सल्लाहकारका रुपमा रहेर काम गरेकी छिन् । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जीतु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट, शिशिर वाङ्देल, प्रकाश घिमिरे, लक्ष्मण बस्नेत, रमा थपलिया, शारदा गिरी, सबिन बास्तोला, अनुरागमान सिंह कुँवर, दिपक क्षेत्री लगायतका कलाकारले अभिनय गरेका छन् । 

 

प्रकाशित :आश्विन ३०, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्