शुभेच्छाको लक्ष्मी रानी आजबाट

- साप्ताहिक संवाददाता

कार्तिक १, २०७६

 

अभिनेत्री शुभेच्छा थापाद्वारा निर्देशित चलचित्र ‘लक्ष्मी रानी’ को सार्वजनिक प्रदर्शन आज शुक्रबार प्रारम्भ भएको छ । । नारीप्रधान भनिएको यो चलचित्र शुभेच्छा सिने फ्रेमको प्रस्तुतिमा निर्माण गरिएको हो । 

यो चलचित्रका परिकल्पनाकार विनोद त्रिपाठी हुन् । चलचित्रमा एउटी महिलाले बाँच्ने गाउँले जीवनदेखि सहरिया जीवनशैलीसम्मलाई चित्रण गरिएको छ । चलचित्रकी कथाकार समेत रहेकी निर्देशक थापाका अनुसार चलचित्रमा द्वन्द्व, मनमुटाव, संघर्ष, गरिबी, शिक्षा तथा सफलतालाई चित्रण गरिएको छ । 

यो चलचित्रमा धीरेन शाक्य, शुभेच्छा थापा, जयकिशन बस्नेत, परदेशी शाह, श्याम राई, रश्मि भट्ट, राजु गिरी आदि कलाकारले अभिनय गरेका छन् । चलचित्रमा अभिनेत्री थापाले दोहोरो भूमिका निर्वाह गरेकी छिन् । 

बाबुल गिरीको संगीत निर्देशन रहेको यो चलचित्रका गीतहरू जुनु रिजाल, दौलत राई, ध्रुवराज अधिकारी, संगीता तिमिल्सेना आदि गायक–गायिकाले गाएका छन् । यो चलचित्र काठमाडौं, पनौती, सौराहा, भैरहवा, नेपालगन्ज तथा दार्चुलामा छायांकन गरिएको छ । 

प्रकाशित :कार्तिक १, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×