साप्ताहिक संवाददाता
कार्तिक २, २०७६
डिप्रेसन अर्थात् अवसाद मानसिक समस्या हो । यस्ता मानिस मानसिक रूपमा अस्वस्थ रहन्छन् । विगतमा घटेका दु:खद घटनाका कारण, पारिवारिक समस्याका कारण, बढी सोच्ने बानी, कामको भार, गलत खानपानको कारणले डिप्रेसन हुन्छ ।
लक्षण
बिनाकारण दु:खी तथा गल्ती महसुस गर्नु ।
रमाउन, खेल्न मन नपराउनु ।
साना कुरामा पनि झर्कनु ।
आत्मबल तथा आत्मविश्वास गुमाउनु ।
शंकाको दृष्टिकोणमा जानु ।
निद्रा नलाग्नु ।
थोरै काम गर्दा पनि थकान महसुस गर्नु ।
मनभित्र नजानिदो डर पैदा हुनु ।
भोक नलाग्नु ।
एकाकीपन महसुस हुनु ।
आत्महत्या गर्ने प्रयास गर्नु ।