साप्ताहिक संवाददाता
नेपाली कथानक चलचित्र ‘जीवन काडाँ कि फूल’ यहि कार्तिक २२ गतेबाट अल नेपाल रिलिज हुने भएको छ । साहित्यकार झमक घिमिरेको ‘मदन पुरस्कार’ प्राप्त कृति ‘जीवन काडाँ कि फूल’लाई केन्द्रमा राखेर निर्माण गरिएको यो चलचित्र विनोद बिष्टले निर्माण तथा निर्देशन गरेका हुन् ।
चलचित्रमा अवस्था थापा रोजिता वुद्धचार्य, स्वीकृति शर्मा, सारिका घिमिरे, किसन सुनार, उमा गिरी, मेनुका प्रधान लगायत ३० जना कलाकारले अभिनय गरेका छन् ।
झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतम, सविता गजमेर, मीना निरौलाको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् ।
शिव ढकालको छायांकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह– निर्माता बद्री चौहान उमेश सुवेदी र जुनु गौतम रहेका छन् ।
चलचित्रलाई श्रीराम वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ । चलचित्रका यसअघि पोष्टर, गीत र ट्रेलर सार्वजनिक भएका छन् ।
यो चलचित्रका निर्देशक विनोद बिष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘संग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माणरनिर्देशन गरिसकेका छन् ।