• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. सिनेमा
सिनेमा
तिम्रो कपडा त च्यात्तिएछ नि बुढी !
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

रामजी ज्ञवाली

तिम्रो कपडा त च्यात्तिएछ नि बुढी !
कार्तिक ३, २०७६
काठमाडौं

यतिबेला चलचित्र उद्योगमा कुनै चलचित्रको चर्चा छ भने, ‘घामड शेरेको’ छ । चर्चित निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले यो चलचित्रमा साली र भेनाको भुमिकामा काम गरेका छन् । आइतबार बिहान नक्साल नजिकैको एक रेष्टुरामा यो जोडी अन्तरवार्ताका लागी पर्खिरहेको थियो, कान्तिपुरकर्मी रामजी ज्ञवालीलाई । एकछिनमा टुप्लुक्क पुगे, ज्ञवाली । उनीहरु निकै रोचक गफगाफ गरिरहेका थिए, ज्ञवालीले सुनीरहे । कम्तीमा १० मिनेटजति उनीहरुको गफगाफ भयो र अन्र्तवार्ता सुरु भयो । रियल जोडी निश्चल र स्वस्तिमालाई साली र भेनाको भुमिकामा काम गर्दा कस्तो अनुभब भयो ? चलचित्र छायाँकनका बेलामा भएका रमाइला प्रशंगहरुसँगै विभिन्न विषयमा गरिएको कुराकानी केहि दिनमा सार्वजनिक गर्नेछौं । तर, यसपटक ज्ञवालीले अन्तरवार्ताअघि उनीहरुले जे–जे गफ गरिरहेका थिए, उक्त कुरा सार्वजनिक गरेका छन् ।

निश्चल : तिम्रो कतिबेला हो डबिङ ?

स्वस्तिमा: डबिङ सुरु हुन थालिसक्यो । एकछिनमा भागिहाल्ने हो !

निश्चल : सकिन्छ आज ?

स्वस्तिमा: सकिन्छ । अन्तिम पार्टको त बाँकी छ नि !

निश्चल :  लास्टको भन्न थालेको ५ दिन भैसक्यो ।

स्वस्तिमा : स्वर सुकिराछ नि त मेरो ।

निश्चल : ल ल । खाजा टाइममा खानु नि ।

स्वस्तिमा : खान्छु, एकछिनमा ।

निश्चल : खाने भन्ने । जहिले घर आउँदा भोक लाग्यो, दिनभरी केहि खान पाइनँ भन्ने त होला नि !

स्वस्तिमा : त्यस्तो त भनेकी छैन है । अलि–अलि खाएकी छु तर भोक लागिराछ भन्छु ।

स्वस्तिमा : हजुरको के काम छ आज ?

निश्चल: दिनभर इन्टरभ्यु नै इन्टुभ्यु छ । बोल्या बोल्यै गर्ने आज ।

स्वस्तिमा : ए–ए ।

निश्चल:  मेरी बुढी ? (मायाले अंगाल्दै)

स्वस्तिमा :  उम भन्स्यो ।

निश्चल : तैले मेरो कहिले तारिफ गर्दिनस् नि ! कहिलेकाहिँ यत्तिकै बस्या बेला तारिफ गर्ने चलन त छैन है ?

स्वस्तिमा : तारिफ त जहिले गरिरहेकी हुन्छु त ।

निश्चल : ह्या... । कहिलेकाहिँ कसैले सोधे मात्रै हो तारिफ गर्ने । कोहि मिडियामा बोल्न परे मात्रै हो, उहाँ यस्तो हुनुहुन्छ उस्तो हुनुहुन्छ भन्दै ।

स्वस्तिमा:हजुरले त त्यहि पनि भनिसिन्न । मैले त इन्टरभ्युमा भएपनि तारिफ गरिरहेकी हुन्छु ।

निश्चल :  किन नभन्ने ? मैले कतिपटक भन्छु, मेरी बुढी कति राम्री देखिएको भनिरहन्छु त ।

स्वस्तिमा:  तारिफ भनेको राम्री मात्रै भन्ने हुन्छ र ? टेल मि समथिङ अवाउट मि न ।

निश्चल : यो लुगा यस्तो देखियो यसो उसो भनिरहेको हुन्छु । मैले जे भनेपनि नहुने ? जे पायो त्यहिँ है ?

स्वस्तिमा : ऐया..., (निश्चलले चिमोटेपछि) धेरै नजिस्कनु त ! चलचित्र रिलिज हुन लाग्यो, कत्तिको डर लाछ ?

निश्चल : यस्तो कुरा त कहिले गर्दौनौं हामी । कहाँबाट यस्तो कुरा गरेको तैले ?

स्वस्तिमा :  आज सोध्न मन लाग्यो नि त ।

निश्चल : डर त फिटिक्कै लाग्या छैन । भोली चलचित्र प्रदर्शन हुने बेला रातभर के–के कुरा खेलिरहन्छ । नत्र अरु दिन त खासै केहि हुन्न मलाई ।

स्वस्तिमा: त्यसो भए यो चलचित्र लाग्ने भन्दा अघिल्लो रात तपाईँलाई बिभिन्न कुरा गरेर भुलाइदिन पर्ने भो ।

निश्चल: भुलाइदेउ झन् राम्रो । अनि सबैभन्दा पहिलो कुरा त चलचित्र प्रदर्शन हुने दिन विहान चलचित्र लाग्ने बेलासम्म झन् मनमा के के कुरा खेल्छ । हलबाट निस्केपछि के भन्ने होलान् मान्छेले ? मन पराउँछन् या पराउँदैनन् के के हुन्छ हुन्छ ।

निश्चल :  तँलाई के हुन्छ ?

स्वस्तिमा: मलाई त यस्तो हुन्न ।

निश्चल : हुन त हो, रिलिजको दिन १२–१ बजेसम्म पनि सुतेको देखिएकै छ । हाहाहा...।

स्वस्तिमा:  सुत्छु नि, अहिले प्रदर्शनका बेलासम्म दिनरात लागिएकै हुन्छ । प्रदर्शनको दिन सबै अडियन्सको हातमा हुन्छ । बरु, बिहान उठेपछि चलचित्रको बारेमा एकपटक निर्देशकलाई सोध्छु के भैरहेको छ भनेर ।

निश्चल: (एकछिनको मौनतापछि) केहि त भनन बुढी, किन मौन ? 

स्वस्तिमा:  के भन्ने हो र ? 

निश्चल :  तिम्रो कपडा त च्यात्तिएछ नि बुढी ?

स्वस्तिमा : भित्रबाट निकालेर बाहिर ल्याउने ठाउँ हो, कहाँ च्यात्तिएको हो र ? डिजाइन हो थाहा छैन ? हिजो मात्रै किन्या हो ।

निश्चल: के थाहा ? केटीको लुगाको डिजाइन च्यात्तिएको हो कि डिजाइन हो पत्तो पाउन सक्दिनँ म त ।

स्वस्तिमा :  आफ्नो बरु पाइन्ट च्यात्तिएको छ, हेर्नु छैन ।

निश्चल:पाइन्ट च्यात्तिएको त जसले पनि लगाएर हिड्छ त ।

स्वस्तिमा: आफुले त जे भनेपनि ठिक, नत्र बेठिक ?

निश्चल : मैले ठिक र बेठिकको कुरै गरेको छैन । च्यात्तिएको पाइन्ट त जसले पनि लगाएको हुन्छ ।

स्वस्तिमा :  धेरैले लगाएको हुन्छ भनेपछि ठिक भन्ने हुन्छ र ?

निश्चल:ए भगवान म कहाँ जाउँ ? मैले जेनरल कुरा मात्रै गरेको त यसले आरोप नै लगाई ।

स्वस्तिमा :  भिडले जे भन्छ त्यहिँ ठिक हो भन्ने हुन्न है ।

निश्चल:  मैले के कुरा गदैथिएँ, कुरा कहाँ पुराएर जोडेको हरे !

स्वस्तिमा:  कुरा नै त्यहिँ हो । मैले भनेको कुरा त ठिक हो नि ।

निश्चल : यो डिजाइन हो कि, च्यात्तिएको हो भन्ने थाहा पाएको भए मैले कुरै गर्ने थिएन । यति डाइलग दिन्छ भन्ने थाहा पाएको भए यो कुरै गर्दिन थे ।

स्वस्तिमा :  हैन, हजुरले यस्तो भनिस्यो । केटीको कुरा च्यात्तिएको हो कि डिजाइन हो पत्तो पाउँदिन भनेको होइन ?

निश्चल :  केटीको मतलब मेरी बुढिको भन्या हो । मैले को केटिको तिम्रो यहाँ च्यातिएको छ भन्दै हिँडेको छु ?

स्वस्तिमा : हजुरले भनिस्येछ त । यो केटीको त यहाँ च्यात्तिएको थियो भन्दै कतिपटक सुनाइस्येछ त ।

निश्चल :  कहिले भनेँ ? हावा कुरा गर्छे । यत्तिकै फसाउँछे मलाई ।

निश्चल :  तिम्रो डबिङ कति टाइममा सकिन्छ ?

स्वस्तिमा :  एक घण्टा त लाग्छ ।

स्वस्तिमा :  घर कतिबेला जाने ?

निश्चल : मैले मेरो काम सकाउँछु अनि जान्छु, तिमी काम सकाएर आउ ।

स्वस्तिमा :  ल ल ।

निश्चल : डबिङ पछि ? 

स्वस्तिमा :  केहि काम पनी छ, इन्टरभ्यु छन् । त्यो सकाएर आउँछु । घर आउँदा ९ बज्छ । हजुर आज गेम खेल्न पाइसिन्छ मज्जाले आज ।

निश्चल :  भनेपछी धेरै समयपछि मज्जाले गेम खेल्न पाइने भयो । धन्यवाद्, त्यस्तो सुविधा दिएकोमा ।

स्वस्तिमा : हाहा.., ल टाइममा जानु, म काम सकाएर छिट्टै आउँछु । सि यु डियर ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
सिनेमा
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
सिनेमामा महामारी मारः कति चुनौती, कति अवसर ?

राजाराम पौडेल

वैशाख ८, २०७७

सिनेमा
नेपाली फिल्मको डिजिटल रिलिजः कति सुरक्षित ?

अनिल यादव

वैशाख ८, २०७७

सिनेमा
बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik