साप्ताहिक संवाददाता
डाक्टरको छोरा डाक्टर, इन्जिनियरको छोरी इन्जिनियर, यो आधुनिक नेपाली उखान हो, जुन अधिकांश घरमा प्राय: मिलिरहेको पाइन्छ । मनोरञ्जन क्षेत्रमा समेत त्यस्ता धेरै छन्, जसका बुवा अथवा आमा मनोरञ्जन क्षेत्रमै छन् ।
गायक कन्हैया सिंह तथा गायिका अञ्जना गुरुङको परिवारमा पनि यो कुरा लागू भएको छ । उनीहरूकी छोरी अपेक्षा सिंह मोडलका रूपमा उदाएकी छिन् । सानैदेखि अभिनय तथा नृत्यमा पारंगत अपेक्षाले म्युजिक भिडियोमार्फत अभिनय यात्रामा पदार्पण गरेकी छिन् । यो अवधिमा उनले झिमझिम परेली, गाउँ र सहरको तीज, ठ्याक्कै भेटौंला आदि गीतका म्युजिक भिडियोहरूमा अभिनय गरिसकेकी छिन् ।
अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने अपेक्षा अमेरिका तथा क्यानाडामा आयोजना हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा समेत सहभागिता जनाइरहेकी छिन् । भविष्यमा कलाकार बन्ने लक्ष्य लिएकी अपेक्षालाई नेपाली गीतमा कम्मर मर्काउन पाउँदा खुसी लाग्ने बताउँछिन् ।