साप्ताहिक संवाददाता
कार्तिक ८ मा सार्वजनिक हुने भनिएको चलचित्र 'सरौतो'को प्रदर्शन मिति परिवर्तन भएको छ । यो मितिमा ‘घामड शेरे’को आगमन भएसँगै ‘सरौतो’ले ठाउँ छोडेको जनाइएको छ । चलचित्रका निर्देशक हरि हुमागाईँ र घामडका निर्देशक हेमराज विसीले सल्लाह गरेर यो मितिमा हेरफेर गरिएको बुझिएको छ ।
हरी हुमागाईंको डेब्यु निर्देशन रहेको यो चलचित्र अब कार्तिक २९ मा प्रदर्शन हुनेछ । वितरकको सल्लाहमा पछाडी हटेको ‘सरौतो’मा सुमी मोक्तान, आमिर गौतम, सन्नी सिंह, विजय लामा, युवराज लामा, धिरेन शाक्य, लियो ट्यांक, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ ।
राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार सिनेमामा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।
शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको सिनेमामा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सह-निर्मातामा श्री महर्जन छन् ।