• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. जीवनशैली
  3. स्वास्थ्य
स्वास्थ्य
यौनसम्पर्कपछि वीर्य किन बाहिर निस्कन्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. राजेन्द्र भद्रा

यौनसम्पर्कपछि वीर्य किन बाहिर निस्कन्छ
कार्तिक १५, २०७६

 

कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ, यो स्वभाविक हो । यसरी वीर्य योनिबाट वाहिर निस्कनुले पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ ।

हामीले हालै विवाह गरेका हौं । म (२३) र श्रीमान् (२७) बीच नियमितजस्तो यौनसम्पर्क हुने गरेको छ । हामीबीच हुने यौनसम्पर्कमा म प्राय:जसो म उत्तानो परेर टाङ फाटेर रहन्छु भने श्रीमान् त्यसको बीचमा माथी बसेर यौनसम्पर्क राख्नुहुन्छ । यसरी यौनसम्पर्क राख्दा श्रीमान्ले झारेको वीर्य केही वेरमै मेरो योनिवाट बगेर तन्नामा जान्छ । यस्तो अवस्थामा वीर्य बाहिर जान नदिने कुनै उपाय वा आसन छ कि ? यही कारण मेरो गर्भ नरहने हो कि भन्ने डरसमेत लाग्छ ।

                                                                                                एस 

वीर्य किन बाहिर निस्किएको ? 

पुरुषले चरमसुख पाउने हाराहारीमा लिङ्गबाट एक प्रकारको सेतो तरल पदार्थ निस्कन्छ जसलाई हामी वीर्य भन्छौं । यही वीर्यमा शुक्रकीट हुन्छ । एकपटक वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिलिलिटर (५ मिलिलिटर भन्नाले १ चियाचम्चाजति) वीर्य निस्कन्छ । वीर्यमा हुने शुक्रकीटको संख्या संधै एकैनासको नहुन सक्छ । शुक्रकीटको संख्या ४ देखि १२ करोड प्रति मिलिलिटरसम्म हुनुलाई सामान्य मानिन्छ । हामीले देख्ने वीर्यको सानो अंशमात्र शुक्रकीटले ओगटेको हुन्छ । वीर्यमा शुक्रकीटको मात्रा यस्तै २ देखि ५ प्रतिशत मात्र हुन्छ ।

कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ, यो स्वभाविक हो । यसरी वीर्य योनिबाट बाहिर निस्कनुले पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ । तपाईंको यौन आसनमा पनि कुनै समस्या छैन । त्यसैले तपार्इंले चाहेसम्म यसलाई रोक्नुपर्ने आवश्यकता छैन । तपाई वा तपाईंको श्रीमान्लाई तन्नामा वीर्य लाग्दा असजिलो लाग्छ भने यौनसम्पर्कपछि कुनै कपडाले पुछ्न सक्नुहुन्छ । तपाईंले अन्डरवेयरभित्र लगाइने सानो स्यानिटरी प्याड वा लाइनर पनि लगाउन सक्नुहुन्छ । 

के यही कारणले सन्तान नभएको हो ? 

यसरी वीर्य वाहिर निस्कँदा कतै गर्भ नरहने हो कि भन्ने चिन्ता धेरैमा पाइन्छ । तपाईलाई थाहै होला, डिम्ब निषेचन हुँदा वीर्यमा भएका करोडौं शुक्रकीटमध्ये एक शुक्रकीटको मात्र डिम्बसँग मिलन हुन्छ । यदि वीर्यको स्खलन योनिको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वीर्य बाहिर निस्किएजस्तो लागे पनि पाठेघरको मुख सम्म पर्याप्त शुक्रकीट पुग्छन् । सामान्यत: यसरी वीर्य वाहिर निस्कनु गर्भधारण नहुनुको कारण बन्दैन ।

गर्भ किन नरहेको ? 

सन्तान जन्माउन गर्भधारण हुनुपर्छ । गर्भधारणका लागि यौनसम्पर्क, वीर्यस्खलन, डिम्ब निष्कासन, डिम्ब निषेचन अनि डिम्बरोपणजस्ता कुरा हुनु आवश्यक छ । सफल गर्भधारणका लागि निषेचित भू्रण विकसित हुँदै सन्तानका रूपमा जन्मन्छ । सन्तान जन्माउने यी सबै कुराको बीचमा तालमेल हुनुपर्छ । 

सन्तान जन्माउन नसक्नुका केही कारण पुरुषमा हुन्छ भने केही कारण महिलामा हुन्छन् । त्यसैगरी केही कारण दुवै जनामा संयुक्त रूपमा हुन्छन् । करिब १० प्रतिशतजति यस्ता घटनामा सन्तानहीनताको कारण नै पत्ता लाग्दैन ।

तपार्इंले हालै मात्र विवाह भएको कुरा भन्नुभएको छ । हुन त एकमात्र यौन सम्पर्कमा पनि गर्भधारण हुनसक्छ तर प्राय:जसो यस्तो हुँदैन । कुनै गर्भनिरोधको साधनबिना एक वर्षसम्म गर्भका लागि प्रयास गर्दा पनि गर्भ रहेन भने मात्र गर्भ रहने कुरामा समस्या छ कि भनेर परीक्षण गराउनुपर्छ । यदि विवाह भएको एक वर्ष पनि पुगेको छैन भने अहिले नै गर्भ रहेन भनेर चिन्ता गर्ने समय आइसकेको छैन कि ?

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
स्वास्थ्य
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
संक्रमणको याम : कसरी बच्ने ?

महेश तिमल्सिना

वैशाख ८, २०७७

स्वास्थ्य
किन गर्छन् मानिसहरु आत्महत्या ?

महालक्ष्मी आचार्य

वैशाख ८, २०७७

स्वास्थ्य
लकडाउनले कस्तो किसिमको मानसिक समस्या ल्याउछ (भिडियो सहित)

उपासना घिमिरे

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik