साप्ताहिक संवाददाता
देव भुषालको निर्देशनमा तयार भएको चलचित्र ‘मिस्टर नेपाली’ कात्तिकको २९ गते नेपालमा सार्वजनिक हुँदैछ । शरिर विदेशमा रहेपनि मन नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरेको यो चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ । दर्शकले मन पराएका छन् ।
यो चलचित्रको नेपाल प्रदर्शन अघि अमेरिकामा प्रिमियर गरिने भएको छ । निर्माणपक्षले दिएको जानकारी अनुसार नोभेम्बर १० र १२ मा अमेरिकास्थित हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा बिहान ११ बजे र यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा यो चलचित्रको प्रिमियर हुनेछ । त्यस्तै अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा चलचित्रको प्रिमियर हुन लागेको हो ।
भूवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ र कुसुम राउत लगायतका कलाकारको अभिनय रहेको चलचित्रको अधिकांश भाग नेपालमै छायाँकन गरिएको हो ।