साप्ताहिक संवाददाता
कार्तिक १७, २०७६
हामी अझै पनि डेविट कार्ड, क्रेडिट कार्ड आदिबाट पैसा भुक्तानी गर्ने विधि सिक्दैछौं भने स्मार्टफोन र डिजिटल वालेट आउने कल्पना गर्दैछौं, तर चीनमा भने अनुहार पहिचान गरेर सामान खरिद गर्ने चलन बढिरहेको छ । चीनको ई–कमर्स कम्पनी अलिबाबाको सहयोगी कम्पनी अली–पे यसमा अग्रणी छ ।
चीनका करिव एक सय सहरमा अलि–पेले फेसियल रिकग्निसन प्रविधि प्रयोग गरिरहेको छ । टेनसेट पनि यसमा अगाडि छ । मानिसहरू पसलमा भएको क्यामेरा अघिल्तिर उभिन्छन् र पेमेन्ट गर्छन् । यसका लागि उनीहरूले आफ्नो अनुहारलाई बैंक एकाउन्ट वा डिजिटल पेमेन्ट सिस्टमसँग लिंक गराउनु पर्छ । चीनमा करिब एक वर्षपहिले यस प्रकारको सेवा प्रारम्भ भएको थियो ।