साप्ताहिक संवाददाता
चलचित्र ‘लप्पन छप्पन २’ बाट अभिनेता दयाहाङ राईले हात झिकेका छन् । हाल यो चलचित्रको अष्ट्रेलियामा छायांकन भैरहेको छ । मुकुन्द भट्टको निर्देशनमा छायांकन भैरहेको यो लप्पन छप्पन–२ बाट दयाले हात झिकेपछि उनको स्थानमा शिव श्रेष्ठका छोरा शक्ती श्रेष्ठ भित्रिएका छन् ।
शक्ति यसअघि ‘एउटा यस्तो प्रेम कहानी’मा काम गरिरहेका थिए । तर, यो चलचित्रको एकाएक छायांकन रोकिएको थियो । त्यसपछि उनी अस्ट्रेलिया फर्किएका थिए ।
चलचित्रको छायांकनका लागी अस्टे«लियामा जानुअघि चलचित्र टिम यूरोप पुगेको थियो । तर, ११ दिनसम्म पनि छायांकन हुन नसकेपछि उनीहरु यत्तिकै घुमघाम गरेर घर फर्किएका थिए ।
दयाहाङले यो चलचित्रबाट किन हात झिके भन्ने विषयमा अहिलेसम्म कुनै आधिकारिक जानकारी बाहिर नआएपनि उनी निकट एक विशेष श्रोतका अनुसार निर्धारित मितिमा चलचित्रको छायांकन नभएकाले यो प्रोजेक्टबाट उनी बाहिरिने निर्णय गरेका हुन् । हाल दयाहाङ अर्को एक प्रोजेक्टमा व्यस्त छन् ।