साप्ताहिक संवाददाता
अभिनेत्री ऋचा शर्माले आगामी मंसिरमा बिहे गर्ने फाइनल भएको बुझिएको छ । हाल बिहेको तयारीमा रहेकी उनले केहि समयअघि कान्तिपुरकर्मी रामजी ज्ञवालीसँग आफु एक युवकसँग गहिरो प्रेममा रहेको र उनीसँगै चाँडै बिहे हुने खबर सार्वजनिक गरेकी थिइन् ।
यसैविच, ऋचाले पोखरामा आफ्ना अति निकटका साथीहरुलाई बोलाएर ब्याचलर पार्टी दिएकी छिन् । ऋचाले आयोजना गरेको पार्टीमा प्रियंका कार्की, केकी अधिकारी लगायत पुगेका थिए । उक्त पार्टिमा ऋचासहितका साथिहरु निकै मस्ती गरेका छन्, जुन सार्वजनिक तस्विरबाट थाहा हुन्छ ।
श्रोतका अनुसार ऋचा ललितपुरमा रहेको लबिम मलका म्यानेजर दिपेक्ष्य राणाको प्रेममा छिन्, उनैसँग बिहे गर्न लागेकी हुन् ऋचाले ।
पछिल्लो समय सन्तोष पन्तको चलचित्र हिजो आजका कुरामा ब्यस्त उनले बिहेको मिति भने सार्वजनिक गरिसकेकी छैनन् । ऋचाले आफुले भनेजस्तै र खोजेजस्तै युवक पाएकाले उनैसँग बिहे गर्न लागेको बताएकी छिन् ।
यो पनि पढौं