साप्ताहिक संवाददाता
खाइलाग्दो ज्यानका कारण धेरैको नजरमा पर्ने अभिनेता हुन् सबिन श्रेष्ठ । ज्यान बनाउनकै लागी मासिक डेढ लाख खर्च गर्ने उनै अभिनेता सबिनले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् ।
हाल चलचित्रको स्क्रिप्टको काम भैरहेको सबिनले बताए । राम्रै लगानीमा निर्माण गर्न लागिएको चलचित्रमा सबिनसहित केहि व्यक्तीको लगानी रहने जनाइएको छ । उक्त चलचित्रमा उनी आफै मुख्य भुमिकामा काम गर्ने भएका छन् । अभिनेत्रीको भने खोजी भैरहेको जानकारी प्राप्त भएको छ ।
साप्ताहिकसँगको छोटो भेटमा सबिनले भने, ‘यो चलचित्र पुर्ण कमेडी र लभ स्टोरी जनरामा बन्नेछ ।’
रावण, खुर्पा, दमदार, चोखो माया, लक्ष्य, बन्धन, मिस नेपाल, हमेशा, भाग सानी भाग लगायत दर्जन भन्दा धेरै चलचित्रमा काम गरेका सबिन कुनै बेला चलेका अभिनेता हुन् । उनै अभिनेता श्रेष्ठले पछिल्लो समय निर्माण गर्न लागिएको चलचित्रबाट खुबै आशा राखेका छन् ।
संसारमा हरेक व्यक्तीको दिन आउँछ । कुनै बेला मेरा चलचित्र चलेका हुन् । सबिनले भने, ‘एउटा तितो यथार्थ के हो भने, संसारमा हरेक व्यक्तीको भाग्य एक दिन चम्कन्छ । आत्तिएको छैन, मेरो पनि एक दिन चम्किएला ।’
सबिन श्रेष्ठ, रेखा थापा र आँचल शर्मा लगायत केहि कलाकारको अभिनय रहेको चलचित्र 'हिरो रिर्टन्स' भने प्रदर्शन हुन पाएको छैन । प्राविधिक कारण यो चलचित्रको प्रदर्शन हुन नसकेको जनाइएको छ ।