साप्ताहिक संवाददाता
कार्तिक १८, २०७६
ओपोले आफ्नो लोकप्रिय ए सिरिजअन्तर्गत जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ । सार्वजनिक भएका ए नाइन–२०२० तथा ए फाइभ–२०२० दुवै मध्यमवर्गीय स्मार्टफोन बजार लक्षित उत्पादन हुन् । तथापि अत्याधुनिक सुविधा तथा फिचर्स सम्मिलित यी दुवै फोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन तथा लामो समय टिक्ने ब्याट्री उपलब्ध गराइएको छ ।
फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा, बोक्दा प्रिमियम अनुभव दिन आकर्षक डिजाइन र निरन्तर लामो समयसम्म बिना कुनै समस्या चलाउन सकिने ब्याट्री क्षमतासहितका यी दुवै फोन बहुसंख्यक उपभोक्तालाई एकसाथ समेट्ने सोचका साथ तयार पारिएको बताइएको छ ।