साप्ताहिक संवाददाता
अभिनेता पुष्प खड्का नेपाली चलचित्रमा चलेका अभिनेता हुन् । मंगलम, मारुनी, दर्पण छायाँ २ लगायतका हिट चलचित्र दिएका अभिनेता खड्का अहिले खाली छन् । पछिल्लो हिट चलचित्र ‘मारुनी’ पछि उनी कुनै प्रोजेक्टमा व्यस्त छैनन् ।
विभिन्न चलचित्रको प्रस्ताव आएपनि भनेजस्तो प्रोजेक्ट हात नपरेको उनले बताए । साप्ताहिकसँगको छोटो भेटमा उनले भने, ‘मारुनीपछि मैले निरन्तर स्क्रिप्टहरु पढिरहेको छु, तर मन छोएको स्क्रिप्ट भेटाएको छैन ।’ सकेसम्म स्क्रिप्ट छान्ने बेलादेखिनै चनाखो हुन खोजेकाले केहि ढिला भएको उनको भनाई छ ।
स्क्रिप्ट राम्रो परेन भने त चलचित्रनै खत्तम हुन्छ, उनले थपे, ‘केहि महिना ढिला होस् तर राम्रो चलचित्रमा काम गर्छु ।’ यो वर्षको अन्तिमसम्म कुनै एक प्रोजेक्टमा व्यस्त हुने सम्भावना रहेको पुष्पले संकेत गरे । पुष्प खड्का जिवन्त अभिनय गर्ने अभिनेताको चिनिन्छन् ।