साप्ताहिक संवाददाता
कार्तिक २४, २०७६
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको पछिल्लो फ्लप चलचित्र र उनको व्यक्तिगत गतिविधिलाई नियाल्ने हो भने उनको स्टारडम ओरालो लागेको प्रस्ट बुझ्न सकिन्छ । चलचित्र ड्रिम्सबाट अभिनय यात्रा सुरु गरेकी शाहका पछिल्ला दुई चलचित्रले आशालाई निराशामा बदलेका छन् ।
दसैंभन्दा अघि लगातार प्रदर्शनमा आएका दुई चलचित्र ‘मारुनी’ र ‘रातो टिका निधारमा’ फ्लप साबित भए । विगतका वर्षहरूमा साम्राज्ञीका अधिकांश चलचित्र हिट मानिन्थे । यद्यपि यो वर्ष लगातार चलचित्र फ्लप हुनुलाई कतिपयले सामाजिक सञ्जालमा साम्राज्ञीको हर्कतलाई जिम्मेवार मानेका छन् ।