टिकटकको पनि स्मार्टफोन

- साप्ताहिक संवाददाता

कार्तिक २६, २०७६

टिकटकको मुख्य निर्माता बाइटडान्सले पहिलो स्मार्टफोनका रूपमा जिंगुओ प्रो ३ बजारमा उतारेको छ । उक्त मोबाइल स्मार्टिसन ब्रान्डमा उपलब्ध गराइएको छ । चाइनिज फोन निर्माता कम्पनी स्मार्टिसन ब्रान्डको प्याटेन्ट तथा ट्यालेन्टलाई टिकटकले किनेको समाचार आएको करिब एक वर्षपश्चात टिकटकले स्मार्टफोन बजारमा ल्याएको हो ।

प्रयोगकर्ताहरूले यो स्मार्टफोनको लक स्क्रिन स्वाइप गर्दा चाइनिज भर्सनको टिकटक ‘डोउइन’ चलाउन सक्नेछन् । त्यसैगरी कुनै पनि अवधिको भिडियोमा टिकटक इफेक्ट तथा फिल्टर प्रयोग गर्न सकिनेछ ।

यसमा क्वालकम स्न्यापड्रागन ८५५ प्लस चिपसेट, १२ जीबीसम्मको र्‍याम, २ सय ५६ जीबी स्टोरेज तथा चारवटा क्यामेरा छन् । हाल चीनमा मात्र उपलब्ध यो स्मार्टफोनको अन्तर्राष्ट्रिय बजार मूल्य २ हजार ८ सय ९९ युआन अर्थात करिब ४ सय १२ डलर तोकिएको छ । 

प्रकाशित :कार्तिक २६, २०७६

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्

×