साप्ताहिक संवाददाता
कार्तिक २६, २०७६
काठमाडौं
डेब्यु चलचित्र ‘बुलबुल’बाट एकाएक चर्चामा आएका अभिनेता मुकुन भुषाल नयाँ चलचित्रमा काम गर्ने भएका छन् । सत्यराज चौलागाँइको निर्देशनमा बन्न लागेको चलचित्र ‘अन्तरे’मा मुकुनले काम पक्का भएको हो ।
‘अन्तरे’ नेपालमा चाहिएको जस्तै चलचित्र हो, मुकुन भन्छन्, ‘यो चलचित्रमा पनि मैले बुल बुलमा जस्तै मिहेनतका साथ काम गर्नेछु ।’ अहिले मुकुनबाहेक अरु कलाकार फाइनल भएका छैनन् । अहिले आवश्यक कलाकारको खोजी भैरहेको निर्माण पक्षले जनाएको छ ।
‘रेड आइज फिल्म्स’को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज पण्डित र सुवास राईको लगानी रहने छ । यो चलचित्र कहिलेदेखि छायांकनमा जाने र प्रदर्शन हुने भन्ने विषयको टुंगो लागिसकेको छैन ।